भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
गृह र विदेशमन्त्रीसंग भेटवार्ता
भारत भ्रमणमा रहेका नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भारतीय नेताहरुसँग भेटघाट गरेका छन्।
उपसभापति पौडलले बुधवार नयाँ दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोशियारी तथा महासचिव राम माधवलगायत नेतासँग भेटवार्ता गरेको उनको निजी सचिवालयले जनाएको छ ।
भेटवार्ताका क्रममा दुई मुलुकबीचको आपसी सम्बन्ध र हाल नेपालको सिमानामा देखिएको आपूर्तिको असहजताबारेमा समेत छलफल भएको थियो ।
उपसभापति पौडेलले भ्रमणका दौरान नेपालका लागि भारतका पूर्वराजदूत एवम् भारतीय प्रधानमन्त्रीका प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गर्नेछन्। पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन यही पुस २० गते पाँचदिने भ्रमणका लागि भारत गएका हुन्। काँग्रेसको आसन्न १३औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिका उम्मेदवार ठानिएका उपसभापति पौडेलको भारतीय नेतासँगको उच्च भेटवार्तालाई यहाँ महत्वका साथ हेरिएको छ । रासस
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment