नेपाल पाकिस्तानसँग ११० रनले पराजित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



यु १९ विश्वकप वार्म अप
बंगलादेशमा हुने यु १९ विश्वकपको वार्म अप खेलमा नेपाल पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २९१ रन बनायो। पाकिस्तानका लागि जेशान मल्लिकले ८३, उमिर मासुदले ५९ रन बनाए। नेपालका लागि सन्दिप लामिछानेले ३ तथा प्रेम तामाङ र सुशील कँडेलले २-२ विकेट लिए।
२९२ रनको ठूलो लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १८१ रनमा समेटिएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४२ रन बनाए। यस्तै आरिफ शेख ३५, राजु रिजाल २८, इशान पाण्डे २०, कुशल भुर्तेल १४ र राजविर सिंहले १० रन बटुले अन्यले दोहोरो स्कोर बनाउन सकेनन्।
पाकिस्तानका लागि सानेन गुल, सैफ अलि, शदाब खान र आर्सल शैखले २-२ विकेट लिए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment