न्यूजिल्याण्डलाई नेपालले दियो २३९ रनको लक्ष्य

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Raju-Rijal

१४ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डलाई २३९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेलेर सात विकेट गुमाउदै २३८ रन बटुलेको हो । 



नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६५ बल खेल्दा ६ चौका प्रहार गरेका थिए । कप्तानलाई बलियो साथ दिँदै आरिफ सेखले ६० बलमा ३९ बनाए । उनको इनिङमा ३ चौका सामेल थियो ।
यसअघि प्रारम्भिक जोडी सन्दिप सुनार र सुनील धमलाले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सुनील १५ तथा सन्दिप ३९ रनमा आउट भए । तेस्रो नम्बरमा आएका योगेन्द्रसिंह कार्कीले ५ रन मात्र जोड्न सके ।
पछिल्लो क्रमका राजवीर सिंह, दिपेन्द्र ऐरी र कुशल भुर्तेलले पनि महत्वपूर्ण रन बटुले । उनीहरुले क्रमशः २४, १६ र ३५ को योगदान दिएका छन् । अन्तिम ओभरहरुमा कुशलको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो । उनले पाँच चौका प्रहार गरे ।
न्यूजिल्याण्डका लागि नाथन स्मिथले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेका थिए ।


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment