यसरी मनाउँछन् जापानी युवतीहरुले २० वर्षे जोवनको खुसियाली (फोटो फिचरसहित)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Japan youbati (2)
वैशालु जोवन कसलाई पो मन पर्दैन र ? आफु जिउ सधै तन्नेरी तथा जवान भैराखोस् भन्ने चाहना सबैको हुन्छ । हुनत, जवानी भन्ने कुरा सधै रहिरहने कुरा होइन र एकदिन मानिसको छाला चाउरी परेरै छाड्दछ । त्यसैले जे गर्नुछ उमेरमै गर्नुपर्छ भन्छन् बुढापाका । त्यसैले होला दुनियामा वैँशको उत्सव मनाउने विभिन्न निहुँ खोज्छन् मानिसहरु । खुसी मनाउने मामिलामा जापानीहरुलाई कसले जित्ने ? उनीहरु आफ्नो उमेर २० वर्ष पुगेको अवसरमा समेत ठूलै उत्सव मनाउँछन् ।
हो, जापनमा हरेक वर्ष एउटा यस्तो समारोह हुन्छ जहाँ २० वर्ष उमेर पुगेका युवतीले भाग लिन्छन् । कमिंग अफ एज डे नामक उक्त समारोहमा अब वयस्क उमेरमा प्रवेश गरियो भन्ने खुसीयालीमा युवायुवतीहरु झुम्दछन् । गत जनवरी ११ सोमबारका दिन पनि जापानमा यो समारोहको आयोजना भयो । यसलाई आउँदो पुस्ताको उत्सव पनि भन्ने गरिन्छ । हरेक वर्ष जनवरी महिनामा यस्तो कार्यक्रमको आयोजना गरिन्छ ।
Japan youbati (5)
विभिन्न पार्क, होटल तथा खुल्ला ठाउँहरुमा यस्ता कार्यक्रमको आयोजना गरिन्छ । समारोहमा युवतीहरु परम्परागत पोषाक किमिनोमा सजिएका हुन्छन् । यो वर्षको समारोहमा झण्डै २० लाख जापानी युवायुवतीहरु सामेल भएका छन् । यो वर्ष २० वर्ष उमेर पुगेकाहरुमा १२ लाख १० हजार पुरुष र ६ लाख २० हजार महिला छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ५० हजारले कम हो । हेरौँ यो वर्ष २० वर्ष पुगेका जापानी युवतीहरुको उत्सव
Japan youbati (3)

Japan youbati (4)

Japan youbati (6)

Japan youbati (7)

Japan youbati (8)

Japan youbati (9)

Japan youbati (10)


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment