भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
अमेरिकन कम्पनी एप्पलको आईफोनको प्रमुख प्रतिस्पर्धी सामसुङले उसको नयाँ संस्करणको ग्यालेक्सी एस सेभेन स्मार्टफोनबाट ठूलो अपेक्षा गरेको छ ।
गत वर्ष मोबाइलको विश्व बजारमा एप्पले पछि पारेपछि सामसुङले नयाँ संस्करणको स्मार्ट फोन विशेष तयारीका साथ नयाँ प्रविधि राखेर ल्याउने तयारी गरेको छ ।
यो स्मार्टफोन गत वर्ष आफूलाई स्मार्टफोनको बजारमा पछि पारेको एप्पललाई उछिन्ने गरी बनाएको सामसुङको दाबी छ । उसलाई गत वर्ष आईफोन सिक्स एस र र सिक्स एस प्लसले विश्वभर सानदार व्यापार गर्दै पछि पारेका थिए ।
यही कारण सामसुङ एप्पलका स्मार्टफोनसँग कुनै कुरामा पनि पछि नपर्नका लागि सामसुङ लागि परेको हो ।
प्रविधि रिपोर्ट्सका अनुसार सामसुङले ल्याउन लागेको ग्यालेक्सी एस सेभेनलाई लिएर नयाँ दाबी गरिएको छ । प्रविधि बजारमा आएको समाचार अनुसार सामसुङ ग्यालेक्सी एस सेभेनमा आईफोन सिक्स एसमा जस्तै लाइभ पिक्चर फिचर हुनेछ ।
यसअघि लाइभ पिक्चर फिचरलाई एप्पलपछि एचटिसीले पनि आफ्नो स्मार्टफोनमा प्रयोग गरिसकेको छ । आईफोन सिक्स एसले राखेको लाइभ पिक्चर फिचरले प्रशंसा पाएपछि सामसुङले पनि ग्यालेक्सी एस सेभेनमा यो फिचर ल्यान लागेको हो
यो फिचरमा तस्बिरसँगै कुनै ब्याकग्राउन्ड आवाज भने हुनेछैन । यो फिचरमार्फत सजिलै यबजर सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा जीआईए इमेज फर्म्याटमा शेयर गर्न सकिन्छ ।
यो स्मार्टफोनलाई लन्च गर्ने समय र मितिबारे सामसुङले अहिलेसम्म कुनै कुरा बाहिर ल्याएको छैन । तर यो फोन मार्चमा स्पेनको बार्सिलोनामा हुने मोबाईल वर्ल्ड कांग्रेस भन्दा पहिले लन्च हुने दाबी गरिएको छ ।
समाचार अनुसार सामसुङले मोबाईल वर्ल्ड अघि आफ्ना बहुप्रतिक्षित स्मार्टफोन ग्यालेक्सी एस सेभने र ग्यालेक्सी एस सेभेन एस एकसाथ लन्च गर्ने तयारी गरेको छ ।
टीना वेबसाइटले संकलन गरेको जानकारी अनुसार ग्यालेक्सी एस सेभेन मा ५.५ इन्चको फुल एचडी डिस्प्ले हुनेछ । यसमा १.७ गिगाहर्ज को अक्टा कोर प्रोसेसर, ३ जीबी र्याम, १६ जीबी को इनबिल्ट मेमोरी राखिएको हुनेछ । यो मेमोरीलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिनेछ ।
यसका साथै यो स्मार्टफोनले एन्ड्रोइड ५.१.१ ललीपपमा काम गर्नेछ । यसमा १३ मेगापिक्सेलको रियर र ५ मेगापिक्सेल का फ्रन्ट क्यामेरा हुने दाबी गरिएको छ ।
कनेक्टिभिटीको कुरा गर्दा यो स्मार्ट फोनमा फोर जी एलटिई, वाई-फाई ८२०, ब्लुटूथ ४.१ र टीवाईपिई-सी युसीबी पोर्टलाई यो स्मार्टफोनले सपोर्ट गर्ने बताइएकोछ ।
0 comments:
Post a Comment