पुसमा १२ वटा बलात्कारका घटना सार्वजनिक

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Mahila-Himsa

१८ माघ, काठमाडौं । गत पुस महिनामा १२ वटा महिला तथा किशोरी बलात्कारका घटना सार्वजनिक भएका छन् ।
गएकाे पुस महिनामा १२ जना महिला बलात्कारको शिकार भएको खबर सञ्चारमाध्यममार्फत सार्वजनिक भएका हुन् ।
सञ्चारिका समूह नेपालले १५ वटा राष्ट्रिय दैनिकमा अनुगमनबाट यस्ताे तथ्य पत्ता लागेको हो । यस अवधिमा बलात्कार सम्बन्धी २९ वटा समाचार सामग्री प्रकाशित भएको समूहले जनाएको छ ।
पुस महिनामा हत्याका १० वटा घटना भए र हत्यासम्बन्धी ४४ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बोक्सी आरोपका ५ वटा समाचार सामग्री प्रकाशित भए भने यौन दुव्र्यवहारका ३ वटा घटना सार्वजनिक भएका थिए ।
पुस महिनामा स्वास्थ्य अधिकार हनन् सम्बन्धी २ वटा र  परम्परागत र धार्मिक हिंसासम्बन्धी ४ वटा घटना भएका थिए ।
बहुबिवाहका ६ वटा समाचार प्रकाशित भए भने घरेलु हिंसाका २ वटा घटना भएको समूहले जनाएको छ । यस अवधिमा दाईजो सम्बन्धी २ वटा घटना भएको रिर्पोटमा उल्लेख छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment