राष्ट्रिय सरकार बन्छ, म प्रधानमन्त्रीको उम्मेदवार होइनः प्रचण्ड -

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

'सीमांकनमा सहमति नभइ नाकाबन्दी खुल्दैन'

१८ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्रीको उम्मेदवार नभएको बताएका छन्। तर, कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार  बन्नुपर्छ भन्ने मान्यतामा आफू अडिग रहेको उनले प्रष्ट्याए ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित पत्रकार भेटघाटमा प्रचण्डले कांग्रेसको महाधिवेशन अघि नै पनि राष्ट्रिय सहमतिको सरकार बन्नसक्ने बताए ।
सबै दलको सहमति भए हालकै प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ने उनले सम्भावना औंल्याए ।  ‘कांग्रेसको जो नयाँ नेतृत्व आउँछ, उसैको नेतृत्वमा पनि हुनसक्छ,’ एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘तर म अहिले प्रधानमन्त्रीको क्यान्डिडेट होइन । मलाई प्रधानमन्त्रीको लोभ छैन ।’
एमाओवादी अध्यक्ष प्रचण्डले सीमांकनका विषयमा सहमति नभई नाकाबन्दी खुल्ने संकेत नदेखिएको पनि बताए ।
संविधान संशोधन गर्दैगर्दा नाकाबन्दी खुल्छ भन्ने आश गरिएको भए पनि आफूलाई भने त्यस्तो नलागेको उनले बताए । प्रचण्डले भने-‘सीमांकनको विषय त बाँकी नै छ । त्यो नमिली नाकाबन्दी सहज होलाजस्तो छैन ।’
यद्यपि अहिले भारत, आन्दोलनकारी दल र प्रमुख दलहरु सबैलाई यो समस्या लब्याउनु पर्छ भन्नेमा नरहेको उनले बताए ।
उनले संविधान जारी गर्नु अघि भएको आफ्नो भारत भ्रमणका बेला पनि कुनै पनि सहमति र सर्त नमानेको दाबी गरे । उनले भने-‘केही नेताहरुले भने जस्तो बाचा पुरा नगरेको भन्ने सन्य होइन । मैले कुनै सर्त मानेर आएको छैन ।’
भारतीय नेताहरुको चासो सीमांकममा देखिएको र आफूले दलहरुबीच सैद्धान्तिक सहमति भएको जानकारी मात्र गराएको उनले बताए ।
बाबुरामले राष्ट्रघात गरे
एमाओवादी अध्यक्ष प्रचण्ड पूर्व सहकर्मी डा. बाबुराम भट्टराईमाथि राष्ट्रघात गरेको आरोप लगाएका छन् । भट्टराईले ४० वर्षदेखि अंगालेको कम्युनिष्टदेखि जनयुद्ध सबैलाई त्यागेको भन्दै उनले यसलाई विरलै हुने घटना भने ।
भट्टराईले पार्टी, राष्ट्र र आफैंप्रति घात गरेको भन्दै उनले भने-उहाँले जे रोप्नु भो, उहाँले नै भोग्नुहुन्छ । राम्रो फल्छ भन्ने छैन 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment