के हो ५ जी प्रविधि? मात्र १० सेकेण्डमा डाउनलोड हुन्छ फिल्म

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

४ जीको तुलनामा बीस गुणा बढी स्पीड

४ जी नेटवर्कपछि अब संसारभरी ५ जी प्रविधिको काम सुरु भएको छ। यो प्रविधि आएपछि जीवन थप सहज र तेज हुने निर्माताहरुको भनाइ छ। यस विषयमा जारी रिपोटका अनुसार ५ जीमा अल्ट्राएचडी फिल्म मात्र १० सेकेण्डमा डाउनलोड हुनेछ। यो प्रविधि सबैभन्दा पहिले स्विडेनको स्टकहोम र टलिनमा सुरु गरिने बताइएको छ। 
 
स्विडेनको टेलिकम अपरेटर टेलियासोनेरा र इरिक्सनले मिलेर स्टकहोम र टलिनमा ५ जी नेटवर्क सुरु गर्नेछन्। दुवै कम्पनीले आफ्नो प्रोजेक्ट लन्चीङको घोषणा गरिसकेका छन्। यो प्रविधिले सन् २०१८ देखि काम सुरु गर्नेछ।
 
स्टकहोम र टलिन विश्वकै सबैभन्दा बढी कनेक्टेड सहर भएका कारण यो प्रविधि यहाँबाट सुरु गर्न लागिएको टेलियासोनेराका सिइओ जोहान डेनेलिन्डले बताएका छन्। 
 
के हो ५ जी टेक्नोलोजी?
यसलाई मोबाइल नेटवर्कको पाचौँ जेनेरेशन मानिएको छ। ४ जीको तुलनामा ५ जीले बीस गुणा बढी स्पीडमा काम गर्छ। इन्टरनेशनल टेलिकम यूनियन (आइटियू) का अनुसार जुन नेटवर्कले २०जीबी प्रतिसेकेण्डभन्दा बढी स्पीड दिन्छ त्यो ५जी नेटवर्क क्याटेगोरीमा पर्नेछ।
 
त्यस्तै यसमा अल्ट्राएचडी फिल्म मात्र १० सेकेण्डमा डाउनलोड गर्न सकिनेछ। तर यूनिभर्सिटी अफ सरेका बैज्ञानिकको परीक्षणका अनुसार भने ५जी स्पीडमा ३० वटा फिल्म एक सेकेण्डमा डाउनलोड गर्न सकिन्छ। यसका भिडियो आजका एचडी भिडियोकोतुलनमा १६ गुणा राम्रो क्वालीटीका हुनेछन्। 
 
५ जीलाई फोन मात्र नभएर टेलिमेडिसिन र सर्जरीका इक्वीपमेन्ट पनि सपोर्ट गर्ने गरी बनाइने बताइएको छ। टेलिमेडिसिनको क्षेत्रमा काम गर्ने स्कोप बढाउन र सर्जरीमा हुने गल्ती पनि कम गर्न यसले मद्दत गर्नेछ। यसबाट ग्लोबल हेल्थ सर्भिसमा सुधार आउनेछ।
 
५ जी प्रविधि स्मार्ट र इन्टेलिजेन्ट पनि हुनेछ। ड्राइभर विनाका भविष्यका कारमा यो प्रविधिले कारम भएको व्यक्तिको मोबाइलका लागि कति स्पीडको इन्टरनेट चाहिन्छ र कारको नेभिगेसन सिस्टमसँग कनेक्ट गर्न कति स्पीडको इन्टरनेट चाहिन्छ भन्ने आफैँ निर्धारण गर्छ।
 

ब्याट्री कम भएपछि मोबाइल आफैँले रेडियो वेब कम गरिदिन्छ र ब्याट्री ब्याकअप बढाउने काम गर्छ। यसबाट ब्याट्री डिस्चार्ज हुने समस्या कम हुन्छ। 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment