नयाँ दिल्लीमा एकै परिवारका तीनको हत्या

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

भारतको राजधानी नयाँ दिल्लीको मुटुमा अवस्थित एक घरका तीन जना सदस्यको घाँटी रेटी हत्या गरिएको भारतीय प्रहरीले बताएको छ। मारिनेमा पुरानो रोजेन्द्र नगर क्षेत्रको उक्त घरमा रहेका ५० वर्षीय सञ्जय उनकी ४० वर्षीया श्रीमती ज्योति र उनीहरुको २१ वषीय छोरा पवन भएको दिल्ली प्रहरीको मध्य परिसरका संयुक्त आयुक्त एस.के. गौतमले बताए।

लाशको अवस्था हेर्दा उनीहरुलाई शनिबार शाति हत्या गरिएको हुनसक्ने प्रहरी संयुक्त आयुक्त गौतमले बताए। घटनाबारे आइतबार बिहान मात्रै थाहा भएको थियो ।
परिवारका सदस्यको हत्या गरेपछि घर लुटिएकोले यस कोणबाट घटनाको अनुसन्धान अगाडि बढाइएको उनले बताए।

प्रहरीले घटना परिवारसँग राम्रो परिचित भएको व्यक्ति वा समूहद्वारा गरेको हुनसक्ने बताएको छ।
घरमा काम सघाउने मान्छे करिब ८ बजेर ५० मिनेटको समयमा तीन तल्लामाथिको फ्ल्याटमा पुग्दा पवन र ज्योतिको हत्या भएको भेटेपछि स्थानीयको सहयोगमा प्रहरीलाई खबर गरिएको थियो।
अहिले मृत शरीरलाई परीक्षणका लागि स्थानीय अस्पतालमा पठाइएको छ।

प्राप्त जानकारी अनुसार सञ्जय सरकारी कर्मचारी भएको र व्यावसायिक कारोबार गर्ने गरेका र उनको परिवारसँग परिचित एक व्यक्तिसँग लामो समयदेखि विवाद रहँदै आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् यद्यपि यसको आधिकारीक पुष्टि भने हुन सकेको छैन।

प्रहरीले मृतक परिवारका आफन्तलगायत नजिकका छिमेकीसमेतसँग घटनाबारे छानबिन अघि बढाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment