६ वटा लाटोकोसेरोसहित दुई पक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 चोरी–निकासी गर्न लागेको छ वटा लाटोकोसेरोको बच्चासहित दुई जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
 
प्रहरीले धरान १३ का विशाल तामाङ र रोशन भुजेललाई पक्राउ गरेको हो । को १५ प ५७३८ नम्बरको मोटरसाइकलमा राखेर धरान लाँदै गर्दा समातिएका उनीहरुले उर्लाबारीबाट लाटोकोसेरो ल्याएको बताएका छन् ।
 
लाटोकोसेरोसहित समातिएकाहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालय सुनसरीको जिम्मा लगाएको इटहरीका डिएसपी ओम अधिकारीले बताए । लाटोकोसेरो चोरी–निकासी गर्नेलाई राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाएर कारबाही हुने जिल्ला वन कार्यालय सुनसरीले जनाएको छ । यो ऐन अन्तर्गत मुद्धा चलाएर कारबाही हुँदा दुई बर्षसम्म कैद र दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ ।
 
नेपालमा पाइने २१ प्रजातिका लाटोकोसेरोमध्ये आठ प्रजातिका लाटोकोसेरो अत्यन्तै संकटापन्न अवस्थामा छन् । नेपालबाटै लोप हुन लागेका लाटोकोसेरोहरुमा लोखर्के उल्लुक, गोठे लाटोकोसेरो, घाँसे लाटोकोसेरो, भासोलुक लाटोकोसेरो, कैलोमलाह हुचिल, कैलो पहाडी उलुकलगायतका छन् ।
 
भारत, चीन, खाडी राष्ट्र लगायत पाकिस्तान, भियतनामलगायतका देशहरुमा पनि यसको प्रयोग र माग बढ्दो छ । ती देशहरुमा औषधि बनाउन, तान्त्रिकहरुले बुटी बनाउन र यौन क्षमता वृद्धिका लागि पनि लाटोकोसेरोको मासुको प्रयोग गर्ने गरिएको छ । 
 
पछिल्लो समयमा बासस्थान विनास, चोरी शिकार, गुलेली तथा कृषिमा बढ्दो विषादीका कारण लाटोकोसेरोको संरक्षणमा चुनौती देखिएको छ । एक तथ्याङ्कअनुसार नेपालबाट अहिले वर्षमा दुई हजारको हाराहारीमा जिउँदा लाटोकोसेरो विभिन्न देशहरुमा निर्यात हुन्छन् भने त्यत्तीकै संख्यामा लाटोकोसेराहरु समातिने क्रममा मर्ने गरेका छन् ।
 
लाटोकोसेरो चरालाई मुसा खाइदिएर सहयोग गर्ने किसानको साथीका रुपमा पनि लिइन्छ । वर्षमा एउटा लाटोकोसेरोले तीन हजार वटाभन्दा बढी मुसा खाने बताइन्छ । तर मुसा मार्ने नाममा प्रयोग गरिने विषादीले पनि लाटोकोसेरो संकटमा परेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment