तीन दल मोर्चा कार्यदल बैठक सकारात्मक

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

प्रमुख तीन दल र मधेशी मोर्चाको कार्यदलबीच भएको वार्ता सकारात्मक बन्दै गएको छ।
आइतबार साँझ सिंहदररबारमा भएको वार्ता पछि बाहिरिँदै गर्दा कार्यदलका सदस्यहरुले वार्ता सकारात्मक बन्दै गएको भन्दै सबै विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिएका छन्। जारी वार्ता गम्भिर ढंगले जिम्मेवारी बोधका साथ अगाडि बढेको वार्ता सदस्यहरुले बताएका छन्।

आजको बैठकमा मोर्चाले पेश गरेको ११ बुँदे मागबारे सत्ता पक्षले पहिलो प्रारम्भिक प्रस्ताव राखेको छ। प्रस्तावमा के छ भन्ने विषय नेताहरूले  नखुलाए पनि सत्ता पक्षले राखेको प्रारम्भीक प्रस्तावको एकसरो छलफलमा नै वार्ताको वातावरण सकारात्मक भएको छ। सत्ता पक्षले राखेको प्रारम्भिक प्रस्तावमा मोर्चा भित्र र कार्यदलमै पनि थप छलफल गर्ने नेताहरूले बताएका छन्। बैठक भोलि बिहान पुनः बस्नेछ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment