गल्छीदेखि बेत्रावतीसम्मको सडक विस्तार प्रक्रिया सुरू

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

केरुङ नाका खोल्न भौतीक पुर्वाधार मन्त्री बाधक बनेको भन्दै समाचार प्रकाशित भए पछि उप प्रधान तथा भौतीक पुर्वाधार तथा यातायात मन्त्री विजय कुमार गच्छादारले पहिलो पल्ट आरोपको खण्डन गरेका छन्।

आइतबार रिपोटर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै उप प्रधानमन्त्री गच्छादारले बाहिर मिडियामा आए जस्तो अवरोध नभइ विशेष प्राथमिकता दिएको बताए। गल्छीदेखि बेत्रावतीसम्मको सडक दुई लेन बनाउन सडक विभागले टेण्डर प्रक्रिया सुरु गरिसकेको, बेत्रावतीदेखि स्याफ्रुबेसीसम्मको सडक नेपाली सेनालाई निर्माणको जिम्मा दिई सकिएको बताए।

उप प्रधानमन्त्री गच्छादारले चीन सरकारले सहयोग गर्छु भनेको सीमा क्षेत्रको सडक निर्माण पनि चीनले नबनाउने  भए  नेपाल सरकारले नै बनाउने बताए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment