धावक वैकुण्ठ मानन्धर पृथ्वी पुरस्कारबाट सम्मानित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Baikuntha-Manandhar-Samman
२६ पुस, काठमाडौं । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । राप्रपा नेपालको राष्ट्रिय खेलकुद संघ नेपालले मानन्धरलाई पृथ्वी पुरस्कारबाट सम्मानित गरेको हो ।
राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान,मन्त्री कमल थापाले मानन्धरलाई उक्त पुरस्कार वापत सम्मान पत्र, पृथ्वीनारायण शाहको पूर्ण कदको मुर्ति र २ लाख नगद प्रदान गरी सम्मान गरे ।
राष्ट्रिय खेलकुद संघ नेपालले गत वर्षदेखि नेपाली खेल क्षेत्रमा विशेष योगदान पुर्‍याउने पूर्व खेलाडीलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरेको थियो । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राजुकाजी शाक्य यो अवार्ड पाउने पहिलो खेलाडी हुन् ।
मानन्धरले पहिलोदेखि तेश्रो दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्ण जित्दै कीर्तिमान रचेका थिए । त्यो कीर्तिमानलाई तेक्वान्दोका दीपक विष्टले सागको ११ औं संस्करणमा तोडेका थिए । दीपकले ११ औं संस्करणमा स्वर्ण जित्दै सागमा व्यक्तिगत स्वर्ण संख्या चार पुर्‍याएका थिए । दीपकले आठौंदेखि एघारौसम्म लगातार चार स्वर्ण जितेका हुन्
भारतको कोलकातामा भएको तेश्रो साफमा मानन्धरले म्याराथन पूरा गरेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय अहिले पनि कीर्तिमानका रुपमा कायमै । विश्व एथलेटिक्स च्याम्पियनसिपमा दुई पटक सहभागिता जनाएका मानन्धर आठौंदेखि दसौं एसियाली खेलकुदमा पनि सहभागी थिए ।
त्यस्तै उनले विश्वकै सबैभन्दा ठूलो खेलकुम्भ ओलम्पिकमा चारपटक नेपालको प्रतिनिधित्व गरिसकेका छन् । १९७६ को मोटि्रयल, १९८० को मस्को, १९८४ को लस एन्जलस र १९८८ को सिओल ओलम्पिकमा मानन्धर सहभागी थिए । एसिायली ट्रयाक एन्ड फिल्डमा उनले पहिलोदेखि निरन्तर तीन संस्करणमा सहभागिता जनाए । मानन्धर विभिन्न प्रतिष्ठत पुरस्कारबाट समेत विभूषित भइसकेका छन् ।
कार्यक्रममा उपप्रधानमन्त्री थापाले पुरस्कार स्थापानले खेलाडीको योगदानको कदर हुनुका साथै पार्टीको गरिमा समेत बढेको बताए । उनले आसन्न १२ औं सागमा नेपालको सहभागिता सुनिश्चित हुने बताउँदै बजेटमा केहि समस्य भएको भए समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुरस्कृत मानन्धरले देशको वर्तमान परिस्थितले जनजीवन कष्टकर भएको बताउदै चाँडो भन्दा चाँडो समस्या समाधान गर्न नेताहरुलाई आग्रह गरे ।
२६ पुस, काठमाडौं । दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर र पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । राप्रपा नेपालको राष्ट्रिय खेलकुद संघ नेपालले मानन्धरलाई पृथ्वी पुरस्कारबाट सम्मानित गरेको हो ।
राप्रपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान,मन्त्री कमल थापाले मानन्धरलाई उक्त पुरस्कार वापत सम्मान पत्र, पृथ्वीनारायण शाहको पूर्ण कदको मुर्ति र २ लाख नगद प्रदान गरी सम्मान गरे ।
राष्ट्रिय खेलकुद संघ नेपालले गत वर्षदेखि नेपाली खेल क्षेत्रमा विशेष योगदान पुर्‍याउने पूर्व खेलाडीलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कारको स्थापना गरेको थियो । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राजुकाजी शाक्य यो अवार्ड पाउने पहिलो खेलाडी हुन् ।
मानन्धरले पहिलोदेखि तेश्रो दक्षिण एसियाली खेलकुदमा लगातार तीन स्वर्ण जित्दै कीर्तिमान रचेका थिए । त्यो कीर्तिमानलाई तेक्वान्दोका दीपक विष्टले सागको ११ औं संस्करणमा तोडेका थिए । दीपकले ११ औं संस्करणमा स्वर्ण जित्दै सागमा व्यक्तिगत स्वर्ण संख्या चार पुर्‍याएका थिए । दीपकले आठौंदेखि एघारौसम्म लगातार चार स्वर्ण जितेका हुन् ।
भारतको कोलकातामा भएको तेश्रो साफमा मानन्धरले म्याराथन पूरा गरेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको समय अहिले पनि कीर्तिमानका रुपमा कायमै । विश्व एथलेटिक्स च्याम्पियनसिपमा दुई पटक सहभागिता जनाएका मानन्धर आठौंदेखि दसौं एसियाली खेलकुदमा पनि सहभागी थिए ।
त्यस्तै उनले विश्वकै सबैभन्दा ठूलो खेलकुम्भ ओलम्पिकमा चारपटक नेपालको प्रतिनिधित्व गरिसकेका छन् । १९७६ को मोटि्रयल, १९८० को मस्को, १९८४ को लस एन्जलस र १९८८ को सिओल ओलम्पिकमा मानन्धर सहभागी थिए । एसिायली ट्रयाक एन्ड फिल्डमा उनले पहिलोदेखि निरन्तर तीन संस्करणमा सहभागिता जनाए । मानन्धर विभिन्न प्रतिष्ठत पुरस्कारबाट समेत विभूषित भइसकेका छन् ।
कार्यक्रममा उपप्रधानमन्त्री थापाले पुरस्कार स्थापानले खेलाडीको योगदानको कदर हुनुका साथै पार्टीको गरिमा समेत बढेको बताए । उनले आसन्न १२ औं सागमा नेपालको सहभागिता सुनिश्चित हुने बताउँदै बजेटमा केहि समस्य भएको भए समाधानका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुरस्कृत मानन्धरले देशको वर्तमान परिस्थितले जनजीवन कष्टकर भएको बताउदै चाँडो भन्दा चाँडो समस्या समाधान गर्न नेताहरुलाई आग्रह गरे ।
- See more at: http://www.onlinekhabar.com/2016/01/373331/#sthash.IQQ74iD1.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment