कसैलाई पनि ‘ज्याकपट' नपरेपछि अमेरिकी चिठ्ठाको रकम फेरि बढ्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

बुधबारको लागि एक अर्ब ३० करोडको पुरस्कार
 
सर्वाधिक धनराशीको ‘पावरबल’ चिठ्ठा शनिबार राति खुल्दा कसैलाई पनि ‘ज्याकपट' नपरेपछि यसको पुरस्कार रकम फेरि बढेको छ। आउँदो बुधबारका लागि भनेर एकअर्ब तीस करोड डलर (झण्डै एक खर्ब ४० अर्ब रूपैयाँ) पुरस्कार राखेर आइतबार बिहानैबाट चिठ्ठाको बिक्री सुरु भएको छ।

शनिबार ९४ करोड डलरको लागि ‘पावरबल' खुल्दा १६–१९–३२–३४–५७ (पावरबल नम्बर १३) भएका क्रेताले जितेका थिए। तर उनले 'ज्याकपट' ठूलो रकम पार्न नसकेका कारण चिठ्ठाको पुरस्कार रकम फेरि बढेको हो। चिठ्ठाको ५ अंक मिलाएका कारण टेक्सस र कनेक्टिकटका दुईजनाले २० लाख डलर जितेका छन्।

शनिबारको चिठ्ठा खोलिँदा एक करोड ८३ लाख टिकटले १५ करोड ९० लाख डलर जितेका छन्। जित्नेहरुले कम्तिमा एक डलरदेखि २० लाख डलरसम्म पुरस्कार पाउनेछन्। तर सबै नम्बर मिलाएरमात्र पाइने ‘ज्याकपट’ प्राप्त गर्नका लागि कसैले पनि मिलाउन नसकेको हुँदा पुरस्कार रकम बढेको हो।

अब बुधबार राति खुल्ने यो चिठ्ठाको पुरस्कार रकम एक अर्ब ३० करोड डलर पुगेको छ। बुधबार खुल्ने समयसम्म कम्तिमा एक अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ। चिठ्ठा किन्नेहरु बढेसँगै सरकारी निकाय ‘लोटरी कमिसन' ले पुरस्कारको रकम पनि बढाउँदै लैजान्छ।

सुरुमा चार करोड डलरबाट यो चिठ्ठा खुल्छ। हप्तामा दुईपटक मात्र ड्र हुने (खुल्ने) यो चिठ्ठामा कसैलाई पनि ज्याकपट नपरेपछि पुरस्कार रकम थपिँदै जान्छ। अमेरिकाका ४४ वटा राज्यमा दुई डलरमा यो चिठ्ठा ग्रोसरी स्टोर, ग्याँस स्टेशनहरू, वालमार्ट लगायतका स्टोरहरुमा किन्न पाइन्छ।

पुरस्कार रकम बढेपछि चिठ्ठा किन्न आउनेहरुको भीड लागेको थियो। ‘अब फेरि पुरस्कार बढ्यो मानिसहरु ओइरिने भए' टेक्सासमा कार्यरत नेपाली सुजन पण्डितले भने। सामान्यतया दैनिक २/३ सयको चिठ्ठा बेच्ने स्टोरहरुले शुक्रबार र शनिबार ४/५ हजार डलरको बेचेका थिए।

पश्चिमी अमेरिकी राज्य क्यालिफोर्नियामा दैनिक १० लाख डलरको पावरबल चिठ्ठा बिक्री हुने गरेको थियो। तर पुरस्कार रकम बढेपछि शुक्रबार र शनिबार प्रतिघण्टा २८ लाख डलरका टिकट बिक्री भएका थिए।
अमेरिकी चिठ्ठा इतिहासमा पहिलो पटक पुरस्कार रकम बढेर एक अर्ब नाघेको छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment