मोर्चाले धनुषा बन्द गरायो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

धनुषा, ८ माघ । मोरङको रंगेलीमा भएको घटनालाई लिएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शुक्रबार धनुषा बन्द आह्वान गरेको छ ।
बिहीबार रंगेलीमा प्रहरीको गोली लागेर तीन जनाको ज्याने गरी भएको घटनाको विरोधमा मोर्चाले गराएको धनुषा बन्दका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
लामो समयदेखिको मधेश आन्दोलनले आक्रान्त बनेका तराईवासीलाई बेला बेलामा हुने यस्ता बन्द हड्तालका कार्यक्रमले नै त्यस क्षेत्रको जनजीवन किनै कष्टकर बन्दै आएको छ ।
शुक्रवारको गरिएको बन्दका कारण जिल्लाका शैक्षिक संस्था, बजार, कलकारखाना र यातायात ठप्प छन्। मोर्चाका कार्यकर्ताहरुले जनकपुर लगायतका मूख्य चोकहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment