गोल गर्न नसक्दा मलेसियासँग पनि बराबरी खेल्यो नेपालले

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 
काठमाडौँ, २५ पुसबङ्गलादेशमा जारी बङ्बन्धु कप फुटबलको आज भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेलेको छ ।

सामसुल हुडा रङ्गशालामा भएको खेलमा नेपालले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन ।

साग खेलकुदको तयारीस्वरुप बङ्गबन्धु गोल्डकप फुटबल खेल्न ढाका पुगेको नेपाली टोलीमा विराज महर्जनको कप्तानीमा साफ च्याम्पियनसिपका १३ खेलाडी समावेश छन् । नेपालले साफमा बिनाजित घर फर्किए पनि ११ खेलसम्मको गोलविहीन यात्रा भने टुङ्ग्याएको थियो ।

नेपाल आयोजक बङ्गलादेशसँगै श्रीलङ्का र मलेसिया रहेको समूह मा छ ।

मलेसियाविरुद्ध नेपालले अहिलेसम्म खेलेका पाँच खेलमा एकमा गोलरहित बराबरी खेलेको छ भने अन्यमा हार बेहोरेको एन्फाले जनाएको छ । बङ्गबन्धु गोल्डकपमा १७ वर्षपछि सहभागी भएको नेपालले दोस्रो खेल आगामी मङ्गलबार आयोजक बङ्गलादेश र समुह चरणको अन्तिम खेलमा बिहीबार श्रीलङ्काको सामना गर्नेछ । रासस
काठमाडौँ, २५ पुस– बङ्गलादेशमा जारी बङ्बन्धु कप फुटबलको आज भएको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेलेको छ ।

सामसुल हुडा रङ्गशालामा भएको खेलमा नेपालले गोल गर्ने केही राम्रा अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन ।

साग खेलकुदको तयारीस्वरुप बङ्गबन्धु गोल्डकप फुटबल खेल्न ढाका पुगेको नेपाली टोलीमा विराज महर्जनको कप्तानीमा साफ च्याम्पियनसिपका १३ खेलाडी समावेश छन् । नेपालले साफमा बिनाजित घर फर्किए पनि ११ खेलसम्मको गोलविहीन यात्रा भने टुङ्ग्याएको थियो ।

नेपाल आयोजक बङ्गलादेशसँगै श्रीलङ्का र मलेसिया रहेको समूह ‘ए’ मा छ ।

मलेसियाविरुद्ध नेपालले अहिलेसम्म खेलेका पाँच खेलमा एकमा गोलरहित बराबरी खेलेको छ भने अन्यमा हार बेहोरेको एन्फाले जनाएको छ । बङ्गबन्धु गोल्डकपमा १७ वर्षपछि सहभागी भएको नेपालले दोस्रो खेल आगामी मङ्गलबार आयोजक बङ्गलादेश र समुह चरणको अन्तिम खेलमा बिहीबार श्रीलङ्काको सामना गर्नेछ । रासस - See more at: http://dcnepal.com/news/news.php?nid=186397#sthash.C9Bcdtsi.dpuf

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment