दिलवाले' फल्प भएपछि शाहरूख र रोहितबीच आरोप-प्रत्यारोप

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


 शाहरूख खानको पछिल्लो रिलिज 'दिलवाले'ले वक्स अफिसमा आशातित व्यापर गर्न सकेन्। घरेलु वक्सअफिसमा फिल्मले १५० करोड भारूको आँकडा पार गर्न असफल रह्यो। फिल्मका वितरकहरुले यसबाट ठूलो घाटा बेहोरे। यसै कारणले गर्दा फिल्मका निर्देशक रोहित शेट्टी तथा शाहरूख खानबिच मतभेत उत्पन्न भएको चर्चा चलेको छ।

भारतीय संचारमाध्यमहरुका अनुसार रोहित शेट्टीले शाहरुखको फिल्म टोलीले 'दिलवाले'लाई शाहरूखका अन्य फिल्मको प्रचार गर्ने जसरी नगरेको आरोप लगाएका छन्। शाहरूखको टिमले भने रोहितको यस आरोपको खण्डन गर्दै फिल्म नचल्नुमा फिल्म नराम्रो हुनु जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन्।

फिल्मको असफलताको लागि दुबै पक्षलाई एक अर्कालाई दोषारोपण गरिरहेको बताइन्छ। शाहरुखको रेड चिल्लिज कम्पनीले फिल्मको प्रचार सहि ढंगले नगर्नाले फिल्मको यस्तो हालत भएको रोहितको दाबी छ। रोहितले शाहरूखले आफ्नो टिममा चाहिने भन्दा बढि निर्भर रहेको र आफै काम नगर्ने भएकाले फिल्म आशा अनुरुप नचलेको बताएका छन्।

शाहरुखको टिमले भने शाहरुखले  असहिष्णुता विरुद्ध दिएको अभिव्यक्तिका कारण फिल्मको व्यापारमा असर परेको बताएका छन् जसलाई रोहितले अस्विकार गरेका छन्। वितरकले पहिलोपल्ट रोहितको फिल्मबाट घाटा बेहोर्नुपरेपछि रोहित निराश भएको बताइन्छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment