मुम्बई हल्लाउने एउटा चोरी

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पुस २६, २०७२- फाटफुट पटके चोरी भइरहन्छन् । तर, अहिले एउटा चोरीले नेपालमात्र होइन्, छिमेकी भारतको फिल्म नगरीसम्मै तरंग ल्याएको छ । आर्थिक तथा माया नगरी भनेर समेत चिनिने महाराष्ट्रको मुम्बईस्थित एक बिल्डरको घरबाट चार नेपाली युवाले चोरेको १ करोड ४० लाख भारु (२ करोड २४ लाख नेपाली) को चर्चा देश/परदेशमा फैलिएको छ ।

१८ वर्षभन्दा कम उमेरका ती युवाले उक्त रकम सुरक्षित तरिकाले नेपाल त भित्र्याए । तर, त्यसअघि नै प्रहरीको फन्दामा परे । प्रहरीले घटनामा संलग्न ४ मध्ये २ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट ६० लाख ४ हजार ५ सय भारु बरामद भएको छ । प्रहरीले बरामद रकमसहित आइतबार दैलेख सिंहसैन ७ का लक्ष्मण भनिने लव शाही र जगतजंग शाहीलाई सार्वजनिक गरेको हो । माष्टर प्लानर मानिएका सोही ठाउका उपेन्द्र शाही र अछाम कालेकाँडा राकुगाउँका भरत शाही फरार छन् ।

कसरी भयो चोरी : गाउँमा आर्थिक अवस्था कमजोर भएपछि सिंहसैन ७ का लव शाहीले लेख्न–पढन पाएनन् । गाउँकै दौतरीसंग कालापार (भारत) हानिए । साथीहरुको लहैलहमा मुम्बई पुगेका उनले त्यहाँ गौरब रमेश गेदावनको घरमा काम पाए । छिट्टै मालिकको बिश्वास जिते । किचनसम्मको पहुच बनाएका लबकै संलग्नतामा गेदावनको घरबाट ठुलो रकम चोरी भएको हो ।

मालिकका लागि खाना पकाउने र उनको स्याहार–सुसारको काम लबको काध माथि थियो । मुम्बई चेम्बुर सुभाषनगरमा बस्ने गेदावान त्यहाका कहलिएका बिल्डर थिए । उनलाई पैसाको कमि थिएन । साँझपख घर फर्किदा कहिलेकाही झोलामा पैसा बोकेर आउथे । त्यसलाई बेपर्वाह ढंगले बेडरुममा राख्थे । लब यी दृष्य नजिकैबाट हेरिरहन्थे । ‘धन भनेपछि महादेबका पनि तीन नेत्र’ भन्छन् । उनको मनमा पाप पलायो ।
उनले त्यो कुरा त्यही घरमा चौकिदारी गर्ने गाउकै साथी भरत र जगतजंगलाई सुनाए । प्रहरीका अनुसार, उनीहरुले मुम्बइकै अर्को ठाउमा काम गर्ने गाउकै उपेन्द्र शाहीलाई फोन गरेर सूचना दिए । ‘उपेन्द्रको अपराधिक ब्याकग्राउण्डको अर्को पाटो समेत खुलेको छ । उसकै प्लानिङमा रकम चोरिएको देखियो,’ भेरी अंचल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यात भन्छन्, ‘उनकै नेतृत्वमा चोरी गरेर चारैजना सुरक्षित नेपाल प्रबेश गरेका थिए ।’

बिल्डर गेदावनको गाडीमा भएको उक्त रकम चोरेर चारैजना बासी, दिल्ली हुदै तिकुनिया नाका भएर नेपाल छिरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘गेदावनले रकम सहितको झोला गाडीमै छाडेको र त्यो झोला उठाएर आफुहरु आएको बयान पक्राउ परेकाहरुले दिएका छन्,’ एसएसपी बस्न्यात भन्छन्, ‘उनीहरुको हुलिया र ठेगाना सहित हामीलाई खबर आएपछि चारैतिर प्रहरीको जालो बिछ्याएका थियौं । पक्रन सफल भयौं ।’
जगतलाई नेपालगन्ज बसपार्क र लबलाई कैलाली चुहा लम्की–८ लम्कीबाट पक्राउ गरिएको हो । २७ लाख ६० हजार ५ सय रुपैया भारु टिकापुर ९ दुर्गापुरस्थित धिरज शाहीको घरबाट बरामद भएको छ । त्यस्तै उनीहरुकै सुचनाका आधारमा नेपाली १० लाख ४० हजार रकम कोहलपुर ११ स्थित नबराज शाहीले संचालन गरेको दैलेखि शाही होटल र बाँकी ३२ लाख ४४ हजार भारु लम्कीका धिरजकै घर बाहिरको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । १ करोड ६० लाख भारु मध्ये ६० लाख ४ हजार ५ सय भारु मात्र बरामद भएको र थप अनुसन्धान चलिरहेको बाँके प्रहरी प्रमुख एसपी बशन्त पन्तले बताए ।

परदेशमा गुम्दै नेपाली बिश्वास : रोजगारीका लागि नेपालीहरुको परम्परागत गन्तब्य हो, छिमेकी भारत । उदाउदो अर्थतन्त्र भएको भारतका बिभिन्न सहरहरुमा लाखौं नेपाली काम गर्छन । केहीको पहुच ‘मालिक’को बेड देखि किचनसम्मको हुने गर्छ ।

तर, पछिल्ला दिनमा चोरी, लुटपाट जस्ता अपराधकर्ममा नेपालीहरुको संलग्नता देखिन थालेपछि बिश्वास गुम्दै गएको छ । ‘अपराध र अपराधीको कुनै सीमा, जात र धर्म त हुदैन तर, यस्ता घटनाहरुले भारतमा नेपालीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनसक्छ,’ एसएसपी बस्न्यातले भने, ‘हामीले समयमै अपराधिलाई प्रक्राउ गरेर जहा भएपनि अपराधी पक्राउ गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छौं ।’ भारतमा ठुलो मात्रामा नगद घरमा राख्न नमिल्ने र सम्पत्तिको स्रोत खुलाउनु पर्ने जस्ता अनेक कारणले गर्दा कतिपय ठुला चोरीका घटना भने सार्बजनिक हुँदैनन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment