शनिबार बेलुकीदेखि परेको हिउँले लाप्राकका भूकम्पपीडित मारमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

राहत उद्धार र बन्दोबस्तीको लागि नेपाली सेना प्रभावित क्षेत्रमा 

बिनाशकारी भुकम्पको केन्द्र बिन्दु गोरखाको  बारपाक,  लाप्राक, र घ्याच्चोकलगायत क्षेत्रमा गएरातिको भीषण असिना पानी परेपछि स्थानीय प्रभावित भएका छन् ।

बारपाक लगाएतको क्षेत्रको स्थलगत निरीक्षण गरि फर्केको नेपाली सेनाको टोलीले असिना सहितको पानी र हिमपातले स्थानीयको जनजीवन कष्टकर रहेको बताएको हो । शनिबार बेलुकी देखि रातभर असिना पानी सहित हिऊ परेपछि  त्यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ।

बारपाकमा भूकम्पले ९५ प्रतिसत घर भत्काएको थियो । स्थानीय सबै अस्थाई रुपमा बनाईएको जस्तापाताले छाएको टहरोमा बसेका छन । कोहि अझै त्रिपाल, टेन्टमुनि बस्दै आएका छन्। त्यस क्षेत्रमा अत्यधिक रुपमा चिसो सिरेटो चल्ने हुदा वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन्। बारपाक क्षेत्रमा हिमपात भई जनजीवन कष्टकर बनेको समाचार प्रकाशमा आए लगत्तै प्रधानमन्त्रीको निर्देशनमा स्थलगत रुपमा अवस्था बुझ्न सेनाको टोलि बारपाक लाप्राक क्षेत्रमा निरीक्षण गर्न गएको थियो।

हिमपात भएका क्षेत्रमा हालै न्यानो कपडा खरिदका नेपाल सरकारबाट दिइएको रु १० हजार सबै प्रभावितले पाएको बताईएको भएपनि अस्थायी बसोबासले गर्दा स्थानीय चिसोको मारमा परेका हुन् । नेपाल सरकारले आइतबार आकस्मिक रुपमा बैठक बसि चीसो प्रभावित क्षेत्रका बासिन्दाको राहत उद्धार र बन्दोबस्तीको  लागि गृह, रक्षा मन्त्रालय, नेपाली सेना नेपाल प्रहरीलाई निर्देशन दिइसकेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment