पूर्वअर्थमन्त्री महत र फोरम अध्यक्ष यादवले सम्पत्ति विवरण बुझाएनन्

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



Ram-saran-and-Upendra-yadav
२६ पुस, काठमाडौं । पूर्व अर्थमन्त्री रामशरण महत सम्पत्ति विवरण नबुझाउने मन्त्रीको सूचीमा परेका छन् । सार्वजनिक पदमा रहेर सम्पत्ति विवरण नबझुाउनेले भ्रष्टाचार निवारण ऐन अनुसार ५ हजार रुपैयाँ जरिवाना लाग्नेछ ।
राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार महतले सम्पत्ति विवरण बुझाएका छैनन् । महत कोइराला सरकारमा अर्थमन्त्री थिए ।
सुशील कोइराला सरकारका उर्जामन्त्री राधा ज्ञवाली र महिला बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले भने तोकिएको समय पश्चात सम्पत्ति विवरण बुझाएका छन् ।
यसैगरी १५ सांसदले तोकिएको समय पश्चात सम्पत्ति विवरण बुझाएका छन् । ३७ जनाले अझै पनि सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने सांसदहरुमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।
कांग्रेस सांसद प्रदिप गिरी, पद्म नारायण चौधरी, बलबहादुर केसी, रंजित कर्ण, शिला खड्का, आनन्दप्रसाद ढुंगाना, कञ्चनचन्द्र बादे, माहेनबहादुर बस्नेतले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।
सदभावना पार्टीका लक्ष्मणलाल कर्ण, माधवी रानी साहले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment