संविधान बुझाउन' आज एमालेको सभा उदयपुरमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



जनताको संविधान जनताको माझभन्ने संविधान प्रचार अभियानका साथै सगरमाथा अञ्चलस्तरका पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन नेकपा (एमाले)का वरिष्ठ नेतासहित १३ जना केन्द्रीय नेताहरुले आज उदयपुरमा संयुक्त रुपमा सम्बोधन गर्ने भएका छन् । 

उदयपुरको त्रियुगा नगरपालिका२ स्थित हवाई फिल्ड क्षेत्रको खुल्ला मञ्चमा आज एमालेका केन्द्रीय नेताहरुले संविधानको विषयमा जनतालाई सम्बोधन गर्ने भएको कुरा नेकपा (एमाले) उदयपुरले बताएको छ । 

सम्बोधन गर्ने नेताहरुमा पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पार्टी महासचिव ईश्वर पोखरेल, पार्टी सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य रामपृत पासवान हुनेछन् । 

अन्यमा पार्टीका केन्द्रीय सदस्यहरु सुमन प्याकुरेल, बलदेव चौधरी, लीलानाथ श्रेष्ठ, जगन्नाथ खतिवडा, पोलिटब्युरो सदस्य तथा मन्त्री सत्यनारायण मण्डल, वैकल्पिक केन्द्रीय सदस्यहरु विशाल भट्टराई, यज्ञराज सुनुवारसहित लेखा समितिका केन्द्रीय सचिव विष्णुबहादुर राउतले समेत सम्बोधन गर्ने कुरा नेकपा (एमाले) उदयपुरले बताएको छ। 

उदयपुरमा संविधानका विषयमा सम्बोधन गर्नका लागि वरिष्ठ नेपाल तथा पार्टी महासचिव पोखरेलसहित अधिकांश नेताहरु २२ गते बुधबार नै उदयपुर आइसकेको पनि नेकपा (एमाले) उदयपुरका जिल्ला अध्यक्ष ईश्वरमणि राउतले बताए। 

यस्तै, सगरमाथा अञ्चलभित्रका जिल्लाका पार्टी अध्यक्षहरुसहित अञ्चलस्तरका नेताहरुले पनि संविधानको विषयमा प्रचारात्मक धारणा राख्ने बताइएको छ। 

कार्यक्रममा उदयपुर क्षेत्र नं २ की सभासद् तथा सहरी विकास राज्यमन्त्री मञ्जु चौधरीले पनि सम्बोधन गर्नुहुने भएको एमाले उदयपुरले बताएको छ।

आज हुने नेकपा (एमाले)को उदयपुरको संविधान प्रचार अभियान कार्यक्रम भव्य र अहिलेसम्मकै ऐतिहासिक हुने कुरा पनि एमाले उदयपुरको दाबी छ। रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment