विश्वकै पावरफुल प्रोसेसर भएको स्मार्टफोन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 चीनको स्मार्टफोन निर्माता कम्पनी लेटिभी (LeTV) ले आफ्नो नयाँ स्मार्टफोन ली म्याक्स प्रो सार्वजनिक गरेको छ। स्न्यापड्र्यागन ८२० प्रोसेसर भएको यो विश्वकै पहिलो स्मार्टफोन भएको कम्पनीले बताएको छ।
 
कम्पनीले उक्त फोन अमेरिकाको लस भेगसमा भइरहेको कन्जुमर इलेक्ट्रोनिक सोमा सार्वजनिक गरेको हो। स्न्यापड्र्यागन ८२० प्रोसेसर संसारकै पावरफुल प्रोसेसर मानिन्छ र हाल प्रयोग भइरहेको स्न्यापड्र्यागन ८१० प्रोसेसरको तुलनामा दोब्बर स्पिड प्रदान गर्छ।
 
ली म्याक्स प्रोमा स्न्यापड्र्यागन ८२० प्रासेसर रहेको पुष्टि क्वालकमका चीफ एक्जिक्युटिभ स्टेविन मोलेनकफले गरेको अन्तर्राष्ट्रय संचार माध्यमहरुले जनाएका छन्। यस फोनमा क्वालकमको अल्ट्रासोनिक सेन्स आईडी पनि रहेको कम्पनीका स्टेविन मोलेनकफले बताएका छन्। यो फोन आगामी ६ महिनामा बजारमा आउनसक्ने सम्भावना रहेको छ भने यस फोनको मूल्यको बारेमा कम्पनीले कुनै प्रकारको जानकारी दिएको छैन। 
 
लेटिभी ली म्याक्स प्रोका विशेषता यसप्रकार रहेका छन्ः
 
स्क्रिनः ६.३ इन्च (१४४०×२५६० पीक्सेल रिजोलुशन) क्युएचडी डिस्प्ले
 
हार्डवेयरः २.२ जीएचजेड क्वाडकोर, स्न्यापड्रयागन ८२० प्रोसेसर 
 
र्‍यामः ४ जीबी, ३२ जीबी/६४ जीबी/१२८ जीबी
 
क्यामराः अगाडि ४ मेगापीक्सेल र पछाडि २१ मेगापीक्सेल 
 
अपरेटिङ सिस्टमः एन्ड्रोइड ६.० मार्समेलो
 
ब्याट्रीः ३४०० एमएएच पावर 
 
अन्य सुविधाः ४ जी एलटीइ, ब्लुटुथ, ट्राई ब्यान्ड फाईफाई, क्विक चार्ज ३.० आदी।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment