भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै सबै मिलाएर लैजाने अभिभारा आफ्नो काँधमा आएको बताएका छन्।
प्रेस युनियन चितवनले भरतपुरमा शनिवार गरेको कार्यक्रममा उनले गिरिजाबाबु र आफूले दुई पार्टी मिलाएको स्मरण गर्दै भने, “अब गिरिजाबाबु हुनुहुन्न, पार्टी मिलाएर लैजाने अभिभारा मेरो काँधमा आएको छ ।’’
उनले पार्टीलाई अझ जीवन्त बनाउन आफू सभापतिको उम्मेदवार बन्ने बताउँदै सभापति सुशील कोइरालाले एक पटकका लागि सभापति बन्ने अघिल्लो पटक उद्घोष गरेको बताए।
आफू सभापति भएपछि छ महिनाभित्र भातृ सङ्गठनको महाधिवेशन गराउने पनि उनले बताए।
अर्काे प्रसङ्गमा नेता देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराईकै नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउनुपर्ने बताए।रासस
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
0 comments:
Post a Comment