झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनु पर्ने माग अतिवादीः गच्छदार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२६ पुस, काठमाडौं । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेसमा दुई प्रदेश असम्भव रहेको दावी गरेका छन् । साथै उनले झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा लैजान सम्भव नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै फोरम लोकतान्त्रिकका अध्यक्ष समेत रहेका गच्छदारले भने-मधेसमा दुई प्रदेश असम्भव छ । झापा, मोरङ्ग र सुनसरीलाई दुई नम्बर प्रदेशमा मिसाउनै पर्ने अतिवादी कुरामा त्यहाँका जनता सहमत छैनन् ।
दुई प्रदेशले मधेसको समस्या समाधान नगर्ने भन्दै उनले तराईमा तीनसहित आठ प्रदेश बनाउनु पर्ने आफ्नो पुरानै धारणा दोहोर्‍याएका छन् । गच्छदारले झापा, मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा र उदयपुर जिल्लालाई समेटेर एक प्रदेश र पश्चिममा अर्घाखाँची,पाल्पा, रुकुम र रोल्पालाई बर्दिया प्रदेशबाट हटाएर कैलालीको थारु बाहुल्य क्षेत्रलाई समेटेर सीमांकन गरे समस्याको समाधान हुने दावी गरे ।
आफ्नो यो प्रस्तावमा प्रमुख दलका शीर्ष नेताहरुले अस्वीकार नगरेको भन्दै उनले भने-तराईमा दुई प्रदेश हुनु पर्छ भन्ने एक्सटि्रम सोच हो । सात प्रदेशबाट आठ प्रदेश गरेर सीमांकनमा पुनर्निर्धारणको आधार मधेसी मोर्चालाई दिनुपर्छ । यसले थारु र मुस्लिमको माग पनि पुरा गर्छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले नयाँ सरकार निर्माणको बेला आफ्नो दलसँग भएको आठबुँदे सम्झौताको सीमांकन बाहेकको सहमति पुरा भइसकेको बताए ।
गच्छदारले अहिले नयाँ सरकार बन्ने आवश्यकता नरहेको भन्दै आफू यही सरकारलाई सफल बनाउन लाग्ने स्पष्ट पारे । केरुङ नाकासम्म बाटो बन्न ढिलाई गरेको भन्ने आरोपको खण्डन गर्दै भने-केरुङ नाकालाई मैले विशेष प्राथमिकता दिएको छु । गल्छीदेखि बेत्रावतीसम्मको सडक दुई लेन बनाउन सडक विभागले टेण्डर प्रक्रिया सुरु गरिसकेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment