कांग्रेस केन्द्रीय समिति बैठकद्वारा निर्वाचन निर्देशिका पारित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 नेपाली कांग्रेसले आसन्न १३ औं महाधिवेशनका लागि निर्वाचन निर्देशिकालाई परिमार्जन सहित पारित गरेको छ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनमा निर्वाचन प्रक्रियालाई सहज र व्यवस्थित पार्नका लागि तयार पारेको निर्वाचन निर्देशिका पारित गरेको हो। महाधिवेशन तयारी र क्रियाशिल सदस्यता वितरणमा देखिएको विवादमा छलफल गर्न केन्द्रीय समितिको बैठक बसेको थियो। कार्यविधिमा मुख्य गरि वहुपदका लागि व्यक्तिको हकमा सर्वसम्मति र वाँकीका हकमा निर्वाचन गर्न नपाइने उल्लेख छ । निर्वाचन निर्देशिका पारित भएसंगै अब पार्टीको गाउँ जिल्ला तह सम्मको निर्वाचनका लागि खुलेको छ ।
आजको केन्द्रिय समितिको  बैठकले १३ औं महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग गरि निर्वाचन सम्पन्न गर्न सकिने गरि कार्यविधि पास भएको छ । निर्वाचनको तालिका बनाउने जिम्मा केन्द्रिय निर्वाचन समितिलाई कार्यविधिले नै  तोकको हुदा  केन्द्रिय निर्वाचन समितिले बनाउने कार्य तालिका बमोजिम हुनेछ । कार्यविधिमा सभापतिका लागि हुने निर्वाचनका लागि उम्मेदवारी दिनेले २० हजार रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ । केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय महामन्त्रीका लागि १५ हजार, केन्द्रीय सदस्य पदका लागि १० हजार र जिल्ला सभापति पदका लागि ५ हजार रुपैयाँ तोकिएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment