ठक्करले एकको मृत्यु, एक गम्भीर घाइते

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २६, २०७२- पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढको सहीद चोक नजिकै आइतबार साँझ ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट भरतपुर तर्फ जाँदै गरेको ना ५ ख ३४७५ नम्बरको ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी पैदल यात्री भरतपुर उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय राजिव बानियाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी अर्का पैदल यात्री भरतपुर उपमहानगरपालिका-३ का ५० वर्षीय जयप्रकाश तण्डुकार गम्भीर घाइते भएका हुन् । उनको दुवै खुट्टा, हात लगायत शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवैलाई उपचारको लागि चितवन मेडिकल कलेजमा लगिएकोमा अस्पतालले बानियालाई मृत घोषणा गरेको थियो । अर्का घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक चालकको प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment