रियल मड्रिडका प्रशिक्षक जिदानको सुखद सुरुवात

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


मड्रिडको प्रशिक्षकमा नियुक्त भएका जिनेदिन जिदानले प्रशिक्षकको करियर सुखद नजिताबाट सुरुवात गरेका छन्।
 
जिदानको प्रशिक्षणमा पहिलो पटक ला लिगा फुटबलको मैदान उत्रिएको रियल मड्रिडले ग्यारेथ बेलको ह्याट्रिको मदतमा गएराति भएको खेलमा डिर्पोटिभोलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। मड्रिडको प्रशिक्षकको रुपमा यो जितसँगै जिदान करियरको सुखद सुरुवात हो। 
 
खेलको १५ औँ मिनेटमै करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए भने खेलको २२ औँ मिनेटमै ग्यारेथ बेलले गोल गरेपछि रियल पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो। 
 
यसैगरी खेलको ४९ औँ मिनेटमा ग्यारेथ बेलले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे भने ६३ औँ मिनेटमा अर्को गोल थप्दै ह्याट्रि पूरा गरे।
 
खेलको इन्जुरी समयमा बेन्जिमाले अर्को गोल थपेपछि रियल मड्रिड हिर्पोटिभोमाथि ५–० को जित निकाल्न सफल भएको हो। 
 
जितसँगै रियलको १९ खेलवाट ४० अंक भएको छ भने ऊ लिगको तेस्रो स्थानमा यथावत छ। शीर्ष स्थानमा रहेको बार्सिलोनाको ४२ अंक छ भने ऊ रियलभन्दा एक खेल कम खेलेको छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको १८ खेलवाट ४१ अंक छ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment