भूकम्पपीडितलाई निःशुल्क स्वास्थ्य शिविर

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२६ पुस, मेलम्ची । भौगोलिक विकटता, यातायातको अभाव, निम्न आर्थिक अवस्थालगायतका विभिन्न समस्याबाट ग्रसित र लामो समयदेखिको शरीरमा भएको रोग र स्वास्थ्य अवस्थाबारे बेखबर रहेका सिन्धुपाल्चोक जिल्लाको लिस्ती गाविसका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरणले ठूलो राहत पुगेको छ ।
फरक सोचनामक स्वदेशी संस्थाले विकट एवम् उच्च हिमाली क्षेत्रमा उक्त शिविर शनिबार सञ्चालन गरेको हो ।
शिविरमा दाँत, बालरोग, प्रसूति तथा चिसोबाट लाग्ने विभिन्न किसिमका रोगको निःशुल्क परीक्षण र औषधि वितरण गरिएको संस्थाका अध्यक्ष शाङ्बु शेर्पाले बताए ।
शेर्पाले भने–’यस क्षेत्रमा यातायातको असुविधा र आर्थिक अवस्था कमजोर भएका बासिन्दालाई मध्यनजर गर्दै भूकम्प जानु अघि र पछि गरी चार पटक शिविर सञ्चालन गरेका छौँ । यस शिविरबाट प्रत्यक्ष रुपमा ६ सय भन्दा बढी बासिन्दालाई सेवा पुगेको छ ।यस संस्थाबाट आउने दिनमा आँखा परीक्षणका साथै शल्यक्रियाको व्यवस्था पनि हुने गरी शिविर सञ्चालन गर्ने शेर्पाले बताए ।
शिविरमा आएका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नं १ नेपाली काँग्रेसका सभासद् मोहनबहादुर बस्नेतले भूकम्पपीडितलाई शिविर सञ्चालनले ठूलो राहत पुगेको र आउने दिनमा पनि उक्त संस्थाले सञ्चालन गर्ने कार्यमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शिविर सञ्चालन हुने थाहा पाएपछि आफ्नो स्वास्थ्य परीक्षण गर्न लौरो टेक्दै आउनुभएकी ५८ वर्षीया वृद्धा छे शेर्पाले आफू ढाड, जोर्नी र पेट दुख्ने समस्या लिएर शिविरमा आएको र स्वास्थ्य परीक्षण र औषधिले रोग निको हुनेमा विश्वस्त रहेको बताए । उनले स्वास्थ्य परीक्षण गर्न तातोपानीसम्म जानु नपरेकामा खुसी व्यक्त गरे ।
धेरैजसो बालबालिका र वृद्धवृद्धामा चिसोका कारण निमोनिया देखापरेको र भौगोलिक विकटताका कारण उकालीओराली धेरै गर्नुपरेकाले विभिन्न रोग देखापरेका छन् ।
भौगोलिक अवस्था र भूकम्पले तहसनहस भएका यस क्षेत्रका बासिन्दाको स्वास्थ्य अवस्थामा समस्या देखिएको र पटक पटक यस संस्थाले सञ्चालन गरेको शिविरले सिङ्गो लिस्ती गाविसका बासिन्दालाई फाइदा पुगेको लिस्ती स्वास्थ्य चौकीका प्रमुख रेजिन्द्र सुवेदीले बताए । रासस

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment