रोहित टी–टिममा आबद्ध

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पुस २६, २०७२- व्यावसायिक क्लब फुटबल विदेशमै खेल्ने रणनीति बनाउँदै आएका नेपाली राष्ट्रिय टिमका डिफेन्डर/मिडफिल्डर रोहित चन्दको खेलजीवनको अर्को क्लब थपिएको छ । उनी आइतबार मलेसियाली क्लब टी–टिम एफसीसँग आबद्ध भए । उनको यो अनुबन्ध सन् २०१६ को सिजनका लागि हो ।
नेपाली राष्ट्रिय टिमका खेलाडीमध्ये विदेशी लिगमा खेल्ने उनी एक्लो हुन् र यो अनुभवले गर्दा राष्ट्रिय टिममा पछिल्लो समय उनी सबैभन्दा फिट देखिएका पनि थिए । उनको व्यावसायिक अनुबन्ध कति रकमको हो, त्यो भने खुलेको छैन ।
सन् २०१५ मा उक्त टिम मलेसियाली प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको थियो । यो वर्ष मलेसियाली सुपर लिगमा टी–टिमको खेल्ने सम्भावना कायम छ ।
एन्फा एकेडेमीको उत्पादन इन्डोनेसियाको पछिल्लो दुई सिजन पर्सिजा जाकार्तासँग आबद्ध थिए । त्यस अगाडि उनले अर्को इन्डोनेसियाली क्लब पीएसपीएसबाट खेलेका थिए ।
उनले भारतको हिन्दुस्तान एरोनटिक्स लिमिटेड स्पोर्टिङ क्लबबाट विदेशमा खेल्न सुरु गरेका हुन् । नेपाली घरेलु फुटबलमा उनले मछिन्द्रबाट खेल्न सुरु गरेका हुन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment