बुधबार ५३ वटा पम्पबाट निजी कारले तेल पाउने (सूचीसहित)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

२१ पुस, काठमाडौं । नेपाल आयल निगमले भोलि बुधबारदेखि काठमाडौंमा निजी कार तथा जीपलाई पेट्रोल वितरण सुरु गर्दैछ । भारतबाट पेट्रोलियम पदार्थको आयात बढेपछि निगमले चार पांग्रे सवारी साधनलाई ३ दिन पेट्रोल दिन लागेको हो ।
बुधवार १ देखि ६ लट नम्बरसम्मका निजी कार तथा जीपले तेल भर्न पाउनेछन् । पेट्रोल भर्नको लागि नवीकरण भएको ब्लु-बुक अनिवार्य गरिएको छ । एउटा कारले १५ लिटर तेल भर्न पाउनेछ ।
निगमले बुधबार ५३ वटा पम्पमार्फत तेल वितरण गर्दैछ । आज बेलुकासम्म नै सबै पम्पमा तेल पुर्‍याइने छ भने भोलि बिहान ९बजे देखि तेल वितरण सुरु हुनेछ ।
पुस २४ गते शुक्रबार ७ देखि १० नम्बर लटका कारलाई तेल वितरण गरिनेछ भने २७ गते सोमबार ११ भन्दा माथिका लटका कारले तेल भर्न पाउने छन् । यसपटकबाट केही पम्पमा एसएमएसबाट तेल बुक गर्ने सुविधा दिने भनिएपनि त्यसबारे निर्णय भएको छैन ।
आपूर्ति मन्त्री गणेशमान पुन एसएमएस सिस्टम लागू गर्ने पक्षमा देखिएपनि आयल निगमका उच्च अधिकारी भने त्यो व्यवहारिक नहुने तर्क गरिरहेका छन् ।
३ दिनमा ९० हजार कारका लागि १३ लाख लिटर पेट्रोल वितरण गर्ने आयल निगमको योजना छ ।
बुधबार निजी कारलाई वितरण हुने पम्पहरुको सूची हेर्नुस्

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment