मधेस आन्दोलनलाई लालुप्रसाद यादवको समर्थन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

Raghuvansh-Prasad-Singh

२१ पुस, काठमाडौं । लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलले नेपालको मधेसमा भइरहेको आन्दोलनलाई समर्थन गरेको छ । साथै उसले समस्या समाधानका लागि पहल नगरेको भन्दै नेपाल र भारत सरकारको आलोचना गरेको छ ।
लालुप्रसादको दलले आन्दोलनकारीमाथि दमन भएको भन्दै आवश्यक कूटनीतिक पहल गर्न मोदी सरकारलाई आग्रह गरेको छ ।
‘मधेसमा दुई भारतीयसहित ५८ जनाको मृत्यु भएको छ, सयौं घाइते भएका छन् । पुलिसको लाठीचार्जबाट सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएका छन्’ राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहले भने- यति हुुँदा पनि नेपाल सरकार व्यापक जनसमर्थन भएको आन्दोलनमा दमन गर्न हिच्किचाएको छैन ।’
पाँच महिनादेखि जारी संकट समाधानका लागि मधेसी नेताहरुसँग वार्ता नगरेको भन्दै लालुको पार्टीले नेपाल र भारत सरकारको आलोचना गरेको छ ।
मधेस आन्दोलन सुरु भएको ५ महिना र नाकाबन्दीको १०० दिन पुगेको भन्दै सिंहले भने- यदि अझै आन्दोलन लम्बिने हो भने नेपालको संकट समाधानका लागि दिल्लीले आवश्यक कूटनीतिक कदम चाल्नुपर्छ ।’
नेपाल भारत सीमामा इन्धन तस्करी भइरहेको भन्दै आरजेडीका उपाध्यक्ष सिंहले दुबै सरकारले तस्करी बढाउने र मधेस आन्दोलनलाई बदनाम गर्न खोजेको आरोप लगाएकाे टाइम्स अफ इण्डियाले जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment