फिफा बरियतामा नेपाल दक्षिण एसियाको सबैभन्दा पुछारमा

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 फुटवलको विश्व वरियतामा नेपाल ४ स्थान तल झर्दै दक्षिण एसियामा सबैभन्दा पुछार १सय ९६ औँ स्थानमा झरेको छ।
फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १ सय ९६ औं स्थानमा पुगेको हो।
अघिल्लो महिनाको बरियतामा नेपाल १ सय ९२ औं स्थानमा थियो। नेपाल फिफा बरियतामा अहिलेसम्मकै सबै भन्दा खराब स्थितिमा पुगेको नेपाल हालै भारतमा भएको साफ फुटबलमा भारत र श्रीलंकासँग पराजित भएको हो।
दक्षिण एशियाली देशहरुमा शीर्ष स्थानमा रहेको अफगानिस्तान तीन स्थान तल झर्दै १५३ औं स्थान रहेको छ। यस्तै माल्दिभ्स तीन स्थानमाथि उक्लिदै १ सय ५७ औँ, साफ विजेता भारत तीन स्थान सुधार गर्दै १ सय ६३ औँ स्थानमा आइपुगेको छ।
यसैगरी मैत्रीपूर्ण खेलमा नेपाललाई १-०ले र साफ च्याम्पियनसिपमा भुटानलाई ३-०ले हराउँदै बंगलादेश तीन स्थान माथि उक्लिएर १ सय ७९ औँ स्थानमा पुग्यो। यस्तै साफमा सहभागी नभएको पाकिस्तान एक स्थान तल झर्दै १८५ औँ मा पुगेको छ। यस्तै श्रीलंका ६ स्थान माथि उक्लिदै १८८ औँ स्थानमा हुँदा भुटान चार स्थान तल झरेर १९२ स्थानमा पुगेको छ।
विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम कायमै छ भने अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो, र जर्मनी चौथो स्थानमा छन्।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment