युकेमा मोडलिङ प्रतियोगितामा नेपाली प्रसुनाले सबैलाई उछिनिन्

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 युकेमा रूल द रनवे नामको संस्थाले आयोजना गरेको मोडलिङ प्रतियोगिताको अनलाईन भोटिङको चरणमा नेपाली मोडेल प्रसुना कंडेल विजेता बनेकी छन्।
उपाधिसँगै आगामी फेब्रुअरी २७ मा बेलायतको बर्मिङघममा हुने अन्तिम प्रतियोगिताका लागि उनले तीन अंक क्रेडिटसहित छानिइन्।
अनलाइन भोटिङ मार्फत  कँडेलले करिब ४२ हजार भोट पाएकी छन् भने उनकी प्रतिष्पर्धी एक भारतीय मोडलले उनको भन्दा आधा भोट पाइन्। ४ जनवरीसम्म चलेको अनलाइन भोटिङमा सर्वाधिक मत प्राप्त गर्ने एक फिमेल र एक मेल प्रतियोगीलाई बिजेता घोषणा गरिएको हो।
उनको यो छनोट पश्चात सेतोपाटीसँग कुरा गर्दै युकेको मोडलिङ प्रतियोगीतामा यहाँसम्म आउनुलाई अत्यन्तै खुसी लागेको बताईन्। ‘मलाई  अनलाईन मार्फत भोटिङ गरेर अन्तिम चरणमा पुग्न सघाउने मेरो चिनजानमा भए-नभएका सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु’, उनले भनिन्।
सबै नेपालीको शुभकामनाले अन्तिम प्रतियोगितामा अवार्ड पाउन सक्नेमा आशावादी रहँदै उनले भनिन्,‘यसले नेपाल र नेपालीको शिर उचो बनाउने छ।’
साथै उनले आफ्नो अन्तिम प्रस्तुतिमा नेपालको चिनारी समेत झल्काउने आशय व्यक्त गरिन्।
बेलायतमा नर्सिङ पेशामा आवद्ध कँडेल रूल द रनवे बेलायतले हरेक बर्ष आयोजना गर्ने यो प्रतियोगितमा पुग्ने पहिलो नेपाली मोडल हुन्। कँडेलले मोडलिङ आफ्नो शोख भएको बताउने गरेकी छन्।
सामाजिक क्रियाकलापमा समेत उत्तिकै सक्रिय कँडेल  बेलायतमा नेप्लिज नर्सिङ एसोसिएसनकी उपाध्यक्ष समेत हुन्। नेपालमा भूकम्प पछिको राहत वितरण तथा उपचारमा नेपालका बिभिन्न जिल्लामा खटिएर काम गरेको कुराले उनको सामाजिक प्रोफाईलले  सेवामुखी चिनारी बनाएको थियो।
यसअघि कँडेलले सन् २०१२ मा सम्पन्न फेस अफ प्युरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड जितिसकेकी छन्।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment