प्रहरीद्वारा गोंगबुमा गोली प्रहार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २३, २०७२- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार साँझ गोंगबु क्षेत्रबाट पेशेवर २ चोरहरूसहित तिनलाई भगाउन खोज्ने २ जनालाई पक्राउ गरेको छ । 
चोरहरूलाई पक्राउ गर्ने क्रममा प्रहरी माथि नै ढुंगामुढा भएपछि प्रहरीले एक राउन्ड गोली समेत चलाएको थियो । प्रहरीको गोली लागि २२ वर्षिय अमृत बयलकोटी घाइते भएका छन् । उनको तिघ्रामा गोली लागेको र शिक्षण अस्पतालमा उपचारपछि आज नै डिस्चार्ज हुन लागेको अपराध महाशाखाका प्रमुख एसएसपी सवेन्द्र खनालले जानकारी दिए ।
एसएसपी खनालका अनुसार पक्राउ परेका चोरहरू म्याग्दी घर भई हाल गोंगबु, नयाँ बसपार्क बस्दै आएका २० वर्षिय दिलबहादुर पुन र नुवाकोट घर भई सोही एरियामा बस्दै आएका २३ वर्षिय उमेश तामाङ पेशेवर अपराधी हुन् । ‘यिनीहरुले नेपालकै विभिन्न मुख्यमुख्य सहरमा चोरी गरिएको देखिन आएको छ,’ उनले भने, ‘यी दुवैले म्याग्दीमा जेल सजाय समेत भुक्तान गरेका छन् ।’
प्रहरीका अनुसार पुनले म्याग्दीमा ३ वर्ष जेल सजाय भुक्तान गरेका छन् भने तामाङ म्याग्दीमा भएको लुटपाटको घटनामा ५१ हजार धरौटी राखेर छुटेका अभियुक्तहरु हुन् ।

अपराध महाशाखा प्रमुख खनालका अनुसार प्रहरीले यी दुईलाई धेरै अगाडी देखि निगरानीमा राख्दै आएको थियो । सोही क्रममा हिजो साँझ ६ बजे गोंगबु एरियाबाट नियन्त्रणमा लिन खोज्दा उनीहरुको साथीले प्रहरी माथि नै जाई लागेका थिए । सोही क्रममा गोरखा घर भई हाल गोंगबु बस्ने २२ वर्षिय सन्तोष बयलकोटी र गोली लागेका गोरखाकै सोही उमेरका अमृत बयलकोटी पक्राउ परेका छन् । यस्तै प्रहरी नयाब निरिक्षक गाेपाल थापामगर उनीहरुले हानेकाे ढुंगामुढाका कारण घाइते भएका छन् ।
‘१०/१२ जनाको समुहमा रहेका उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले एक राउन्ड गोली चलाएको थियो,’ एसएसपी खनालले भने, ‘हामीले ती चोरका दुई जना साथीहरुलाई पनि नियन्त्रणमा लिएका छौं ।’
प्रहरीको अनुसार हाल प्रक्राउ परेका चोरहरूबाट करिब १ किलो सुन समेत बरामद गरिएको छ । उनीहरुको साथबाट बरामद गरिएको सुन पुष १२ गते न्युरोडको लक्ष्मी सुनचाँदी तथा गहना पसलबाट चोरिएको २ किलो मध्येको भएको प्रहरीले बताएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment