काठमाडौंमा चोरी भएको ९३ तोला सुन पोखरामा प्रक्राउ

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



काठमाडौंको न्यूरोडमा रहेको लक्ष्मी सुनचाँदी पसलबाट ठूलो परिमाणमा सुन तथा चाँदीका गरगहना चोरेर फरार भएका एक जनालाई प्रहरीले पोखराबाट प्रक्राउ गरेको छ। म्याग्दी रुम-३ घर भएका २३ वर्षिय चिरञ्जिवी पुनलाई गहना सहित कास्की प्रहरीले प्रक्राउ गरेको हो। 

पुनका साथबाट ९३ तोला सुन, ५७ तोला चाँदी र एउटा ल्यापटप बरामद गरेको छ। पुस १२ गते राती काठमाडौंको न्यूरोड स्थित लक्ष्मी सुनचाँदी पसलमा चोरी भएको थियो। कास्की प्रहरीले सूचनाको आधारमा म्याग्दी रुम-३ का दिलिप पुन र नुवाकोट महाकाली ९ का उमेश तामाङलाई भने काठमाडौबाट प्रक्राउ गरेको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले जानकारी दिए।

दिलिप पुन र उमेश तामाङ चोरीका मुख्य योजनाका रहेको पालले जानकारी दिए। पोखरामा प्रक्राउ परेका पुनलाई पोखराको पृथ्वीचोकबाट प्रहरीले पक्राउ गरेको थियो। पुन र गहनालाई बिहीबार नै प्रहरीले काठमाडौं पठाएको छ। पुन पोखरा १ टुँडिखेल स्थित राष्ट्रिय उच्च माविमा कक्षा १२ मा अध्ययनरत छन्। 


भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment