भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |
पार्टीले सहयोग
गरिरहेको छः कोषाध्यक्ष गजुरेल
बैंककमा
एमाओवादी अध्यक्ष प्रचण्डसँग सभामुख ओनसरी घर्ती । तस्वीर : प्रचण्डको
सचिवालय - See more at:
http://www.onlinekhabar.com/2016/01/372033/#sthash.ffR7aBlW.dpuf
बैंककमा एमाओवादी अध्यक्ष प्रचण्डसँग सभामुख
ओनसरी घर्ती । तस्वीर : प्रचण्डको सचिवालय -
२३ पुस, काठमाडौं । एमाओवादी सचिव एवं
पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ को उपचारमा उनको परिवारलाई आर्थिक संकट परेको छ । थाइल्याण्डमा उपचार गराइरहेका वर्षमान सभामुख ओनसरी घर्तीका
श्रीमान् हुन् ।
जण्डिसबाट पीडित वर्षमानको बैंककस्थित समितिवेज अस्पतालमा एक महिनादेखि उपचार भैरहेको छ । उनलाई
भेट्न सभामुख ओनसरी घर्तीसहित एमाओवादी अध्यक्ष
प्रचण्ड, उनकी श्रीमती सीता, छोरा प्रकाश र ल्हारक्याल लामा बैंकक गएका छन् ।
प्रचण्डले वर्षमानको उपचारका लागि सभामुख घर्तीलाई सरकारले
सहयोग नगरे पनि पार्टीले सहयोग गर्ने आश्वासन दिँदै आएका छन् ।
तर, परिवारका एक सदस्यले भने सबैले आश्वासन
मात्रै दिने गरेको तर, आर्थिक सहयोग कसैले नगरेको बताए ।
‘सबैले सल्लाह मात्रै दिन्छन् तर सहयोग गर्दैनन्,’ अनन्तको पारिवारका एक सदस्यले भने, ‘अब त ऋण माग्ने ठाउँ पनि सकियो ।’
तर, कृषिमन्त्रीसमेत रहेका एमाओवादी
कोषाध्यक्ष हरिबोल गजुरेलले भने वर्षमानको उपचारमा पार्टीले सहयोग गरिरहेको र
गरिरहने बताए ।
‘पार्टीले सहयोग नगरेको भन्ने होइन, अध्यक्ष आफै बैंकक जानु भा’छ त्यो पनि सहयोग नै हो,’ गजुरेलले
अनलाइनखबरसँग भने, ‘उहाँ (वर्षमान)लाई पार्टीले पहिले पनि सहयोग गर्दै आएको हो
। अहिले पनि गरिरहेको छ ।’
बैंकक जानुअघि वर्षमानको उपचार भारतको नयाँदिल्लीमा गरिएको
थियो ।
बैंककस्थित समितिवेज
अस्पतालको शैयामा अनन्त
एमाओवादी लडाकुका डेपुटी कमाण्डरसमेत भइसकेका वर्षमान युद्धकालदेखि नै जण्डिस रोगबाट पीडित थिए । गत भदौ २८ गते पुनः
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो ।
सुमेरुमा उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गत कात्तिक २३ गते
नयाँदिल्लीस्थित मेदान्त अस्पताल लगिएको थियो । मेदान्तमा केही दिन उपचार गरी उनलाई गत मंसिर ७ गते
काठमाडौं फर्काएर फेरि बैंकक लगिएको हो ।
अहिले उनको स्वास्थ्य अस्थिर छ । ‘केही सुधार भएको जस्तो पनि देखिन्छ, तर फेरि बल्झिहाल्छ,’ अनन्तको पारिवारिक स्रोतले भन्यो, ‘सन्तोष गर्ने ठाउँ छैन ।’
खर्चको स्रोत : सभामुखको पेश्की र सापटी
सभामुख ओनसरी घर्तीले आफ्ना पतिको उपचारका लागि संसद सचिवालयबाट पेश्की रकम लिँदै
आएकी छन् । ऋण र सापटी लिएर पनि तत्कालका लागि काम चलाइएको पारिवारिक स्रोत बताउँछ ।
सभामुख घर्तीले पटक-पटक गरी १९ लाख रुपैयाँभन्दा बढी रकम
पेश्की बुझिसकेको संसद सचिवालय स्रोत बतायो ।
तर, सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्मा (बबिन)ले घर्तीले आफ्नो मासिक
तलबबाट कट्टा हुनेगरी पेश्की लिए पनि कति लिएको भन्ने जानकारी आफूलाई नभएको अनलाइनखबरलाई बताए ।
पतिको स्वास्थ्य स्थितिबारे जानकारी लिन सभामुख घर्ती सात दिन व्यवस्थापिका
संसदको बैठक स्थगन गरेर सोमबार प्रचण्डसँगै बैंकक गएकी छिन् ।
डाक्टरसँग जानकारी
यसैवीच एमाओवादी अध्यक्ष प्रचण्डले बैंककस्थित अस्पतालमा विहीबार बिहान वर्षमानको उपचारमा
संलग्न डाक्टरहरुसँग विरामीको
स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
रगतमा देखिएको बिलिरुबिनको मात्रा केही कम भएको छ । विहीबार फोक्सोको जाँच गरिने
डाक्टरलाई उद्धृत गर्दै प्रचण्डको सचिवालयले जानकारी दिएको छ । उनलाई चाँडो नेपाल ल्याइने पनि प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड शुक्रबार नेपाल फर्कंदैछन् ।
पार्टीले सहयोग गरिरहेको छः कोषाध्यक्ष गजुरेल
भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस
![]() |

0 comments:
Post a Comment