भारतीय र नेपाली मिलेर बनाउँछन् भक्तपुरमा ईंटा (फोटोकथा)

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



२३ पुस, काठमाडौं । पुसको ठण्डीमा एकाबिहानै भक्तपुरको ब्यासीस्थित ईंटा उद्योगमा पुग्दा मजदुरहरु धमाधम काम गरिरहेका थिए । काम गर्ने टीममा बालवालिका, महिला एवं भारतको बिहारबाट आएका दक्ष कामदारसमेत थिए ।
व्यवसायीले मजदुरका विषयमा भने- पहिले १० हजारमा ठेक्कामा काम गर्ने मान्छे पाइन्थे, तर अचेल ६० हजारदेखि एकलाखसम्म नदिई कसैले मान्दैन ।
ईंटा भट्टा सञ्चालकका अनुसार माटो मुछ्ने र काँचो ईंटा बनाउने काममा नेपाली कामदार खट्ने गरेका छन् । तर, ईंटा पोल्ने काममा बढी तातो हुने भएकाले त्यस्तो काममा नेपालीहरु खासै काम गर्न मान्दैनन् । तातोमा काम गर्नका लागि भारतको बिहारबाट कामदारहरु आउने गरेका छन् ।
भूकम्पपछि ईंटाको माग ह्वात्तै बढेको व्यवसायीले बताए । अहिले एउटा ईटाको १७ रुपैयाँसम्म पर्छ । ईंटाको माग बढे पनि मूल्यचाँहि नबढेको व्यवसायीको भनाइ छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment