तीन दल मोर्चाको कार्यदलबीच बैठक तीनबजे बस्ने गरी सकियो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

सीमांकन विवाद संयन्त्रलाई दिन मधेसी मोर्चा तयार
प्रमुख तीन दल र मोर्चामो कार्यदलबीच भएको बैठक सकिएको छ। सिंहदरबारस्थिति संसद सचिवालयमा भएको बैठकमा बैठक सकारात्मक भएको सहभागीहरूले जनाएका छन्। ‘बैठक पोजेटिभ भइरहेको छ। सबै विषयमा बुँदागत छलफल भयो। थप छलफल गर्नुपर्ने भएकाले दिउँसो पुनः बैठक बुस्नेछ,’ बैठकमा सहभागी महेश आचार्यले भने।
मधेसी मोर्चा प्रमुख तीन दलको प्रस्ताव अनुसार प्रमुखहरुको सीमांकन विवाद राजनीतिक संयन्त्र बनाएर तीन महिनामा टुंगो लगाउन तयार भएको  बताएको छ। यस विषयमा संयन्त्रको कार्यविधिमा छलफल हुने बताएको छ।
मोर्चाको कार्यदल सदस्य हृदयेश त्रिपाठीले आजको बैठक सही दिशामा अगाडि बढेको जानकारी दिएका छन्। ‘सबै विषयमा बुँदागत छलफल भयो,’ उनले भने तर निष्कर्ष केही निस्किएको छैन।’
सीमांकनको विषयमा समितिको बैधानिकता कार्यक्षेत्र बारेथप छलफल गर्नुपर्ने भएकाले आज फेरि बैठक बस्ने भएको त्रिपाठीले बताए।
बिहान ९ बजेदेखि  बसेको  बैठकमा मोर्चाले उठाएका मागबार  छलफल भएको थियो।
प्रमुख तीनदलले भने नेपाली कांग्रेसबाट महेश आचार्य, नेकपा एमालेबाट भिम रावल, एकिकृत नेकपा माओबादीबाट कृष्ण बहादुर महराको सहभागी थिए भने मोर्चाको कार्यदलमा तमलोपाबाट हृदयश त्रिपाठी,संघीय समाजबादी फोरमबाट राजेन्द्र श्रेष्ठ र तराई मधेश सद्भावना पार्टीका राम नरेश राय रहेका थिए।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment