नाममै सीमित महानगरीय प्रहरी,नाम दिइयो अधिकार दिइएन

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



सरकारले उपत्यका प्रहरीलाई महानगरीय अवधारणा  अनुरुप महानगरीय प्रहरी बनाएको भएपनि अधिकार नदिँदा अलपत्र अवस्थामा काम गर्न बाध्य भएको छ। राजधानी दैनिकमा समाचार छ।

१० वर्षअघि सरकारले महानगरीय प्रहरीका रुपमा विकास गरेपनि अर्धन्यायिक अधिकार नदिँदा नाम र लोगो परिवर्तन भएपनि काम तीन जिल्ला प्रहरी कार्यालयलाई नेतृत्व गर्नमै सीमति हुन पुगेको हो।

नाम दिइयो, काम गर्न अधिकार दिँदै दिइएन, नाम मात्रको महानगरीय प्रहरी भएका कारण राजधानीबासीलाई सोचेजस्तो सेवा र सुविधा दिन सकिएको छैन, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआई) प्रतापसिंह थापाले भने,‘अन्य मुुलुकमा महानगरीय प्रहरीलाई न्यायिक अधिकार दिएका कारण उसले आफ्नो सहरको शान्ति सुरक्षामा कुनै कमी आउन दिएको छैन तर हामी कहाँ भने अधिकारबिहीन महानगरीय प्रहरी छ, तैपनि राजधानीको सुरक्षामा कुनै कमी आउन दिएका छैनौँ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment