राजेश हमालको 'बागमती' फिल्म हेर्नेलाई उपहारै उपहार

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

 फिल्म रिलिजको अघिल्लो दिन 'बागमती' निर्माण पक्षले दर्शकलाई तान्न उपहार योजना सार्वजनिक गरेको छ। हालसम्मकै सर्वाधिक महँगो निर्माण लागतको नेपाली फिल्म भनेर प्रचार गरेको 'बागमती' फिल्म हेर्ने दर्शकले विद्धुतिय स्कुटरदेखी सुनका गहना र चाँदीका सिक्का उपहार दिने बताएको छ। राजधानीमा एक कार्यक्रम गर्नै फिल्म निर्माण पक्षले सो योजना सार्वजनिक गरेको हो।
फिल्मको टिकटसँगै वितरण गरिएको कुपनमै यी उपहारहरु रहनेछन् । टिकटसँगै वितरण गरिएको कुपन दर्शकले हलमा राखिएको ‘बागमती’को बक्समा राख्नुपर्नेछ । जसमध्ये हरेक दिन सम्पूर्ण मल्टिप्लेक्स थिएटरमा लक्की ड्र गरि एक जना भाग्यशाली दर्शकलाई चाँदीको सिक्का दिइनेछ । यस्तै, हरेक हप्ता मोबाइल फोन, होलीडे प्याकेज, कलाकारसँग डिनर, सिक्री, औठी, बाला दिइनेछ । यस्तै  फिल्म हेर्ने दर्शकमध्येबाट एक जनाले बम्पर उपहार स्वरुप इलेक्ट्रिक स्कुटर जित्नेछन्।
ट्रि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र शुक्रबारबाट देशभरका हलमा लाग्दैछ ।  यसैगरि कुपनको पछाडिपट्टी राखिएको र्फम भरेर कलाकार बन्न चाहने दर्शकले ‘नेक्स्ट बीग स्टार कन्टेस्ट’मा भाग लिएर यो ब्यानरमा बन्ने फिल्म खेल्ने अवसर पनि पाउनेछन् ।
'बागमती'ले रिलिज अगावै सिक्वेल बनाउने घोषणा गरिसकेको छ । राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, कञ्चन ठकुरीको अभिनय रहेको फिल्मलाई दक्षिण भारतीय निर्देशक सन्नी केरलाले निर्देशन गरेका हुन् ।
कार्यक्रममा उपस्थित शिव श्रेष्ठ र केकी अधिकारीले फिल्म राम्रो बनेकाले दर्शकले मनपराउने विश्वास व्यक्त गरे । कार्यक्रममा निर्माण पक्षले फूरा फिलम बुझाउनका लागि फिल्मको पहिलो १० मिनेट छुटाउन नहुने भएकाले दर्शकलाई नछुटाउन आग्रह गरे।
'बागमती'ले चलचित्र पत्रकार संघको कल्याणाकारी कोषमा जम्मा हुने गरि नगद ३० हजार रकमको चेक संघका अध्यक्ष शान्तिप्रियलाई हस्तानतरण गरेको थियो।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment