दाङमा गाडी दुर्घटना : मृतक संख्या ८ पुग्यो

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

पुस २३, २०७२- दाङको घोराही–तुलसीपुर सडकखण्डमा हिजो बिहान भएको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा गएराति रोल्पा दुबिडाँडाका २२ वर्षीय छबिलाल नेपालीको मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको हो ।
यसअघि गाडीका चालक दाङ मानपुर गाविस वडानं. ७ बनकट्टीका २३ वर्षीय धनबहादुर थापा, सल्यान काभ्रा गाविस  ६ की २४ वर्षीया बिष्णु बिष्ट र उनका साढे दुई वर्षका छोरा हेमन्त बिष्ट, दाङ त्रिपुर नगरपालिका १ नारायणपुरकी ३६ वर्षीया सवनम अन्सारी, तुलसीपुर ६ की किमिनी खड्का, तुलसीपुर–१ की सुशीला खड्का र तुलसीपुर ६ की पवित्रा डाँगीको मृत्यु भएको थियो ।
गम्भीर घाइते २० जनाको कोहलपुर र बुटवलमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख एसपी कुँबेर कडायतले बताए ।
एक घाइते घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फर्केका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ३७२ नम्बरको किया गाडी र घोराहीबाट बिद्यार्थी लिन नारायणपुरतर्फ जाँदै गरेको घोराहीस्थित पद्मोदय पब्लिक उच्च माविको रा १ क १९१ नम्बरको बस हिजो विहान नौ बजेतिर त्रिपुर नगरपालिका ३ सौंरीकुलानजिक ठोक्किएका थिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment