दरबार छाडेको हो घरबार होइन : पूर्वराजा ज्ञानेन्द्र

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पुस २६, २०७२- पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छाडे पनि घरबार नछाडेको बताएका छन् । पृथ्वी जयन्तीका अवसरमा आइतबार वक्तव्य जारी गर्दै उनले राष्ट्रहित, राष्ट्रवासीको सुख, समृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई नै सुम्पेर आफूले दरबार छाडेको उल्लेख गरेका छन् ।

‘तर सबैले विचार गर्नुपर्ने कुरा हो कि मैले नेपाली घरबार छाडेको छैन, अनि नेपाल र नेपालीको ‘आधारको भार’ पनि परित्याग गरेको छैन,’ पूर्वराजा शाहको वक्तव्यमा छ ।

उनले मुलुकभित्र शासन र प्रशासनलाई लिएर बखेडा भइरहेको टिप्पणी गरेका छन् । ‘अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन् खुलस्त हुनुपर्छ भन्ने पनि समयको माग हो,’ पूर्वराजा शाहले वक्तव्यमा भनेका छन् ।

‘आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जसप्रकार आर्थिक संकट, चरम महँगी, अभाव, अनुत्पादन र बाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले साँझबिहान छान टार्न र जीवन धान्न पनि धौ–धौ परिरहेको छ । त्यो चिन्ताको विषय हो,’ उनले भनेका छन् ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment