पाँच महिनामै साढे १६ अर्बको सुन आयात

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



Gold
२६ पुस, काठमाडौं । भारतको नाकाबन्दीले पेट्रोलियम पदार्थलगायत उपभोग्य बस्तु भित्रिने क्रम घटिरहेका बेला औपचारिक माध्यमबाट सुन आयात भने बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ५४ करोड रुपैयाँको सुन आयात भएको छ । जुन गत वर्षभन्दा ८११ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ८१ करोड रुपैयाँको सुन आयात भएको भन्सार विभागले जनाएको कारोबार दैनिकमा खबर छ । परिमाणको हिसावले ८५३ प्रतिशत आयात बढी भएको देखिन्छ ।
गत आवको पाँच महिनामा ४६३ किलो अर्थात एक अर्ब ८१ करोड रुपैयाँको सुन आयात भएकोमा चालू आवको सोही अवधिमा चार हजार चार सय १७ किलो सुन आयात भएको थियो ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment