गुडिरहेको रेलबाट खसेर बाँचेकी बच्ची अलपत्र

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


पुस २३, २०७२- चलिरहेको रेलको शौचालयमा जन्माएकी नवजात शिशु चिप्लिएर रेलको ट्रयाकमा खसेर पनि सकुशल रहेपनि ८ दिनकी बच्चीलाई अस्पतालमै छोडेर उनकी आमा भागेकी छिन् । 
उक्त बच्चीकी आमा नेपालको कञ्चनपुरकी पुष्पा नामक गरेकी महिला रहेको बताइएको थियो । उनले टनकपुरबाट बरेली गइरहेको रेलको शौचालयमा बच्चीलाई जन्म दिएकी थिइन् । भोजपुरा रेलवे स्टेसन नजिकको ट्रयाकमा खसेकी नवजात शिशुलाई सामान्य चोटमात्र लागेको बताइएको थियो । बच्ची खसेको थाहा पाएपछि उनले चिच्याएर अरु यात्रीलाई खबर गरेकी थिइन् । अरु यात्रीले आपतकालीन चेन तानेर रेल रोकेका थिए ।
रेलको ड्राइभरले स्टेसन म्यानेजरलाई खबर गरेपछि तुरुन्त एम्बुलेन्स बोलाएर शिशुलाई अस्पताल पुर्‍याइएको थियो । त्यसपछि आमा र बच्ची दुवैको भारतकै अस्पतालमा उपचार भइरहेको र दुवै स्वस्थ रहेको अस्पतालले जनाएको थियो । तर पछि उनले बच्चीलाई पाल्न सक्ने आफ्नो हैसियत नभएको बताउँदै आएकी थिइन् ।
बच्चीलाई अस्पतालमै छोडेर उनी गायब भएपछि बच्चीलाई अस्पताल प्रशासनले एक सरकारी अनाथालयको जिम्मा लगाएको छ । तर बच्चीको आमा जीवितै रहेका कारण उनलाई अनाथ करार दिएर अरुलाई धर्मपुत्रीका रुपमा दिन समेत नमिल्ने भएपछि अनाथालय प्रशासन अहिले के गर्ने भन्ने अन्यौलमा छ । भारतीय कानुन अनुसार बच्चाको आमा जीवित भएको अवस्थामा बच्चालाई अनाथ करार गर्न मिल्दैन ।
बाल कल्याण विभागका सदस्य सुनिल शर्माका अनुसार बच्चीको आमाले स्वय‌ं उपस्थित भएर कानुनि रुपमा नै बच्चीलाई अनाथालयको जिम्मा नलगाई उनलाई धर्मपुत्रीका रुपमा अरुलाई दिन मिल्दैन । 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment