१८ महिना भित्रमा ९०० मेगावाट अरुण तेस्रोको पहुँच मार्ग निर्माण हुने

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

संखुवासभामा निर्माण हुन लागेको ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत आयोजनाका लागि आवश्यक पहुँच मार्ग निर्माणलाई ‍सडक विभाग र आयोजना विकास कर्ता एसजेभिएन अरुण-३ पावर डेभ्लपमेन्ट कम्पनी प्रालिबीच मंगलबार दुई पक्षीय सम्झौता (एमओयू) भएको छ।
 
सम्झौता पत्रअनुसार संखुवासभाको छ्याङ्कुटीदेखि दिदिङसम्म निर्माण हुने उक्त २ हजार ८ सय ६९ किलोमिटर सडक खण्ड, विभागले तीन महिनाभित्र निर्माणभित्र निर्माण सुरु गरी १८ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने उल्लेख गरिएको कार्यलयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। समझदारी पत्रमा विभागका तर्फबाट कोशी राजमार्ग आयोजना प्रमुख गोपालप्रसाद सिग्देल र कम्पनीका तर्फबाट सिइओ रोशनलाल नेगीले हस्ताक्षर गरेका छन्। 
 
लगानी बोर्डले तयार गरेको परियोजना विकास सम्झौताका नौ वटा नीतिगत सिद्धान्तमध्ये ‘नमुना सामुदायिक हित’ अन्तर्गत सडक विकासका लागि यो समझादारी भएको पनि विज्ञप्तीमा जनाइएको छ। यसैवीच उक्त आयोजनाका लागि प्रस्तावित पावर हाउस र ड्याम साइट निर्माणस्थलस्थित नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गा समेत कम्पनीलाई हस्तान्तरण गरिसकिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। 
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment