कृषि विकास बैठकमा २९८ जना कर्मचारी माग

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस



काठमाडौं, २६ पुष । कृषि विकास बैंकले एकैचोटी २ सय ९८ कर्मचारी माग गरेको छ। बैंकले सहायक स्तर, प्रथम श्रेणी र द्वितीय श्रेणीमा एकैचोटी २ सय ९८ रोजगारीको दरखास्त आह्वान गरेको हो ।
आइतबार सार्वजनिक सूचना जारी गरी बैंकले व्यवसाय सहायक, सहायक स्तर प्रथम श्रेणी, तह पाँच र लेखापाल, सहायक स्तर, द्वितीय श्रेणी, तह चारको लागि २ सय ९८ जनाको लागि दरखास्त आह्वान गरेको हो  बैंकले आइतबार सूचना प्रकाशन गर्दै खुला तथा समावेशी सिद्धान्त अनुसार उक्त संख्यामा कर्मचारी माग गरेको छ ।
बैंकले आगामी माघ १६ गतेसम्म उम्मेदवारले दरखास्त दिन सक्ने जनाएको छ । उक्त अवधिमा नबुझाउनेले दोब्बर दस्तुर तिरेर माघ २३ गतेसम्म फारम बुझाउन सक्ने पनि जनाएको ।
तह ५ को लिखित परीक्षा काठमाडौंमा हुनेछ । आउँदो चैत ६ गते पथम पत्रको परीक्षा बिहान १० बजेदेखि र द्वितीय पत्रको २ बजेदेखि हुने जनाएको छ । तह ४ को भने विराटनगर, काठमाडौं र नेपालगन्ज परीक्षा केन्द्रमा परीक्षा हुनेछ । आगामी फागुन २९ गते प्रथम पत्रको परीक्षा बिहान १० बजेदेखि र द्वितीय पत्रको २ बजेदेखि हुने जनाएको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment