कार्यदललाई सक्रिय पार्ने सहमति

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

  • सरकार, प्रमुख प्रतिपक्षी र मोर्चा वार्ता
  • माघ १८, २०७२- सिमांकनको टुंगो कसरी लगाउने भन्नेमा सहमति हुन नसकेपछि टुटेको प्रमुख तीन दल र मधेसीमोर्चाबीचको संवाद फेरी सुरु भएको छ ।

    माघ ९ मा संविधानको पहिलो संशोधनपछि औपचारिक संवाद समेत तीन दल र मधेसी मोर्चाबीच हुन सकेको थिए । संविधान संशोधनले पनि आफूहरुमा माग पुरा नगरेको भन्दै आन्दोलनमै रहेपछि प्रमुख राजनीतिक दलहरुले पुन: सहमति खोज्ने औचापरिक प्रयास थालेका हुन् ।
    सोमबार भएको तीन दल र मधेसी मोर्चाका शिर्ष नेताहरुको बैठकले दुबै पक्षले यसअघि बनाएको कार्यदललाई नै सक्रिय बनाउने निर्णय गरेको छ । यो निर्णय अनुसार अब सिमांकनका लागि बनाउने संयन्त्र लगायतका बिषयमा कार्यदलले सहमतिको प्रस्ताव बनाउन प्रयास गर्ने छ ।

    ‘अब टुंगोमा पुग्नेगरी सहमति खोजिनेछ र त्यसका लागि कार्यदलले गृहकार्य गरी प्रस्ताव नै ल्याउनेछ’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भने । दुबै पक्षबीच कुराकानी नै हुन नसकिइरहेको बेलामा सोमबारको छलफलले सकात्मक प्रगति भएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रतिक्रिया दिए । उनले पनि जहाँबाट वार्ता र छलफल अड्किएको थियो त्यहीबाट सुरु गरी कार्यदलस्तरबाटै सहमतिको प्रस्ताव ल्याउन प्रयास गर्ने जानकारी दिए ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment