आन्तरिक मामिलामा हस्तक्षेप नगर्न लालूप्रसादलाई युवा संघको चेतावनी -

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


yuba-sangh-Flag

२० माघ, काठमाडौं । नेकपा एमाले सम्वद्ध युवा संघ नेपालले भारत विहानका राष्ट्रिय जनता दलका अध्यक्ष लाललूप्रसाद यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
लालु र उनको पार्टीका उपाध्यक्ष रघुवंश प्रसाद सिंहको अभिव्यक्ति नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप भएको र कूटनीतिक मर्यादा विपरित भएको युवा संघले बताएको छ ।
‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र खलल नपुर्‍याउन संघ चेतावनी दिन चाहन्छ’ युवा संघले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युवा संघले नेपाल र नेपाली जनताको बलमा शान्तिपूर्ण आन्दोलन गर्न मधेस केन्द्रीय दलहरुलाई आहृवान गरेको छ । हतास मनस्थितिमा भारतीय नेताहरुको गुहार नमाग्न र एजेन्ट नबन्न अनुरोध गरेको छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment