फोरममा विवाद चर्कियो, असन्तुष्ट समूहले दियो दुई हप्ते अल्टिमेटम

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Rizwan-ansari

१९ माघ, काठमाडौं । संघीय समाजवादी फोरम नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । असन्तुष्ट समूहले संघीय नव विचार समूह बनाएर छबुँदे माग सम्बोधन गर्न नेतृत्वलाई दुई हप्ते अल्टिमेटम दिएका छन् ।
संघीय समाजवादी फोरम नेपालको असन्तुष्ट समूहमा रिजवान अन्सारी, वीरबहादुर लामा, विश्वदीप लिङ्देन, उपेन्द्र साह लगायत छन् । उनीहरुले अन्सारीको नेतृत्वमा संघीय नव विचार समूह बनाएका छन् ।
संघीय समाजवादी र फोरम नेपालको एकीकरणका क्रममा विधानमा समानुपातिक समावेशी हटाएपछि संघीय समाजवादी फोरममा विवाद सुरु भएको थियो ।
असन्तुष्ट समूहले केन्द्रीय समितिमा राखेको फरक मतमाथि छलफल गर्न, समावेशी रुपमा कार्यविभाजन गर्न, प्रधानमन्त्री निर्वाचनमा भाग लिएकोमा आत्मालोचना गर्न माग गरेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै अन्सारीले भने-यदि हाम्रो माग सम्बोधन भए भने देशभर विचार समूह बनाउँछौं र राष्ट्रिय कार्यकर्ता भेला गरी आवश्यक कदम चाल्छौं ।’
 

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment