जनकपुरमा बमको हल्लाले सर्वसाधारण त्रसित

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस


Dhanusa

२० माघ, धनुषा। जनकपुरको जानकीचोकमा बम रहेको हल्ला चलेपछि जनकपुर बजारमा त्रास छाएको छ ।
जानकी मन्दिर नजिकै रहेको जानकी चोक आसपासमा बम रहेको हल्ला एकाएक फैलिएको थियो । बमको हल्ला फैलिएपछि जनकपुरमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बम राखिएको हल्लामात्रै भएको र सुरक्षा खतरा उत्पन्न गर्ने कुनै बस्तु नभेटिएको जिल्ला प्रहरी कार्यलय धनुषाले प्रष्ट पारेको छ ।
नेपाली काँग्रेसको आसन्न महाधिवेशनको तयारीका लागि नेता विमलेन्द्र निधी आज जनकपुर आउदैछन् । उनको जनकपुर आगमनलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिरोध गर्ने जनाएका छन ।
निधीको बिरोधमा रहेका मोर्चा कार्यकर्ताले जनकपुरमा बम रहेको हल्ला फैलाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

भिडियो हेर्न तलको बक्सभित्र किल्क गर्नुहोस

SHARE

Admin

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment